कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालुवाटारमा निजी कार्यक्रम

काठमाडौँ — पञ्चायती व्यवस्थामा दरबारियाको चाकडी चल्थ्यो । बहुदलीय व्यवस्था आएपछि जनताको छोराले केही गर्छन् कि भन्ने थियो । तर झन् परिवारवाद हावी भयो । भ्रष्टाचार चरम सीमामा बढ्यो ।

बालुवाटारमा निजी कार्यक्रम

मनमोहन अधिकारीका पालामा जनताको शासन आएको अनुुभूति भयो । त्यस बाहेकका सरकारका गतिला कार्य जनताले देख्न पाएनन् । केपी ओलीको पहिलो सरकारले जनतालाई सपना बाँडेको थियो । ओलीको दोस्रो सत्तारोहणपछि जनता आशावादी थिए । तर अहिले निराशा छाउन थालेको देखिन्छ ।

सरकारले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने व्यक्ति लगाउनसकेको छैन । यसमा कमजोरी प्रहरीको भए पनि सबै दोष सरकारमा जाने हो । प्रधानमन्त्री निवासमा केही दिनअघि भएको ओली बन्धुको भेलाले जनतामा असन्तुष्टि बढाएको छ । सम्पूर्ण खर्च ओली बन्धुसँंग उठाइएको र प्रधानमन्त्रीको ब्यस्तता र असुरक्षाका कारण कार्यक्रम बालुवाटारमा गर्न बाध्य भएको आयोजकको भनाइ छ । प्रधानमन्त्रीले आइन्दा सरकारी कार्यालय तथा निवासमा यस्ता निजी स्तरका कार्यक्रम र भोजभतेर बन्द गर्ने नीति लिनुपर्छ ।
– पूर्ण ओली,चावहिल, काठमाडौं

प्रकाशित : आश्विन २, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?