कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निरपराधीलाई फसाउने खेल

काठमाडौँ — निरपराध दिलिप विष्टलाई फसाएर कोही लुकेर चोखिन खोजेको रहेछ भन्ने खुलस्त भएको छ । अब दुई फरक तरिकाले अनुसन्धान अघि बढाउनु वाञ्छनीय छ ।

निरपराधीलाई फसाउने खेल

पहिलो, साविक तरिकाको भन्दा सूक्ष्म रूपले टेलिफोन कल डिटेल हेरी बम दिदीबहिनी र निर्मला जोडिएको तथ्य केलाउनुपर्छ । घटनामा शंका गरिएकाहरूको डीएनए जाँच गर्नुपर्छ । दोस्रो, घटना हुनासाथ प्रहरी नजिक पुग्न सजिलै मानेनछ । गएपछि पनि गम्भीर बनेर अनुसन्धान गर्नै जानेनछ । बलात्कारपछि हत्याको घटनाबाट पहिल्याएको प्रमाण सतही र काल्पनिक भएकाले लोकले विश्वास ठानेनछ । तसर्थ स्थिति अकल्पनीय बनेको देखियो ।


कञ्चनपुरवासीको शक्ति साहसिक सावित नभएको भए दिलिप जेलको हावा खान बाध्य हुनुपथ्र्यो । जो अपराधी होइन, उसैलाई अपराधीको बिल्ला भिराएर हदैसम्मको सजाय दिन समिति भूमिका बाँधेर प्रचारमा तल्लिन भयो । यसमा अनुसन्धानमा संलग्न तल्लो निकायले विश्वास गर्‍यो । माथिल्लो ओहदामा बस्नेहरूलाई नैतिक तथा पदीय संकटले डस्न थाल्यो । जनताको मत ह्वात्तै निर्मलाको पक्षमा सोहोरिँदै एकत्रित भयो । फलत: सरकार धर्मसंकटमा पँmस्यो । पदका आडमा निर्मलाको ज्यान र इज्जतमाथि खेल्ने ज्यानघातीलाई खुलस्त गराउन नचाहेर वा खुलस्त हुँदा पनि छिपाइँदै नानाभाँतीका नाटक मञ्चन गरेर अनुसन्धानले पार पाउने दिन गए अब । असत्यका पुलिन्दा ठड्याएर टेकाइएका पर्खालहरू गल्र्याम–गुर्लुम ढलाउन कुनै
कसर बाँकी नराखियोस् । ।
– श्यामसुन्दर कुइँकेल,हाँडीगाउँ, काठमाडौं


हिजोआज निर्मला पन्तको हत्याकाण्डले मुलुक तातेको छ । सर्वशक्तिमान सरकारले हत्या भएको ५० दिन नाघिसक्दा पनि हत्यारा पत्ता लगाउन नसक्नु दु:खद हो । मुलुकमा जे बेतिथि थियो, त्यसको अन्त्य केपी ओली र उनको दलबाट मात्रै सम्भव छ भन्ने निष्कर्षसाथ जनताले मत दिएर अनुमोदन गरे । तर सरकार गठन भएको ६ महिनासम्म पनि कुनै सकारात्मक सन्देश जनता र मुलुकलाई दिन नसक्नु दुर्भाग्य हो । प्रधानमन्त्री जस्तो गरिमामय पदमा आसिन ओलीले आफूसँग असहमतहरूमाथि अरिङ्गालजस्तै भएर खनिन वा आफ्नो बचाउ गरिदिन नेता/कार्यकर्तालाई उर्दी जारी गरिरहेका छन् । निश्चय नै राम्रो कामका लागि कार्यकर्तामात्रै होइन, आम देशबासी नै जुरुक्कै उठेर प्रतिरोध गर्छन् । जो भारतीय नाकाबन्दीको प्रतिरोध गरेर ओलीलाई सत्ताको हकदार बनाएकै हुन् ।

देशभक्त खनालहरू ‘स्टाटस’ लेख्दा जेल पर्छन् । पत्रकारहरू समाचार साभार गरेर प्रकाशित गर्दा जेल जान्छन् । बलात्कारी र हत्याराहरूले उन्मुक्ति पाउँछन् । निर्दोष र मानसिक सन्तुलन गुमाएका मान्छेहरू जबर्जस्त अपराधी घोषणा गरेर गैरन्यायिक हिरासतमा लिएर बन्दुकका कुञ्जाले घोँची–घोँची अपराधी हुँ भनेर बकाइन्छ । बालुवाटारमा आफ्नो गरिमा नै ख्याल नगरी कुलपूजा र वंशको भेला गराएर राष्ट्रिय ढिकुटीको दोहन गरिन्छ । मासिक १२ लाखको पानीले गाडी पखालिन्छ । अनि यिनै विसङ्ति र विकृतिका विरुद्ध ओलीबाट सशक्त प्रतिकार होला र देशले थोरै भए पनि सुशासन पाउला भनेर आस गरेकोमा त्यही कुरालाई अझ प्रोत्साहन गरेर निरन्तरता दिइन्छ भने खोइ कसरी प्रतिकार गरौं ? खोइ कसरी अरिङालजस्तो भएर जाइलागौं ?
– यज्ञराज न्यौपाने,पेप्सिकोला, काठमाडौं

प्रकाशित : आश्विन २, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?