कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाडी रोक्दा सुविधा

काठमाडौँ — शनिबार दरबारमार्ग स्ट्रिट फेस्टिभल सम्पन्न भयो । मेला भर्न आएका सबैलाई रमाइलो भएको छ । राम्रो व्यवस्थाका लागि आयोजकको प्रशंसा गर्नुपर्छ ।

गाडी रोक्दा सुविधा

दिनभर गाडी बन्द गरिएकाले मेला हेर्न आउनेलाई सुविधा भयो । प्रभावशाली ट्राफिक व्यवस्थाका लागि सम्बन्धित निकायलाई धन्यवाद दिनुपर्छ । आउँदो चैतमा दरबारमार्गमा आर्यावलोकितेश्वरको वार्षिक रथयात्रा हुँदैछ । रथयात्राको दिन पनि एक घन्टा मोटरगाडी रोकिदिए भक्तजनलाई यस्तै सुविधा हुन्छ । पहिले गाडीको ट्वाँंट्वांँ र टिंँटीँ हर्न बजिरहेको बीचमा जात्रा गर्नुपर्दा धेरै असुविधा भएको थियो । गाडीले आर्यावलोकितेश्वरको दर्शन गर्न आउने भक्तजनलाई असुविधा मात्र हुँदैन, सडक दुर्घटनाको जोखिम हुन्छ । रथयात्राको दिनमा एक घन्टा भए पनि गाडी रोकेर धार्मिक कार्यमा सहयोग गरियोस् ।
– केआर तुलाधर, काठमाडौं

प्रकाशित : आश्विन ८, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?