कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

‘लघु संसद्’मा स्वार्थ समूह

काठमाडौँ — संघीय संसद्को विकास समितिमा सर्वाधिक चर्चामा रहेका पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायणप्रसाद रौनियारदेखि जिपछिरिङ लामासम्म सदस्य छन् । केपी ओली सरकारले भनेको समृद्धि र विकास लक्ष्य पूरा गर्न यस्ता माननीयहरूको ठूलो भूमिका हुनेछ ।

‘लघु संसद्’मा स्वार्थ समूह

धन्य ‘दीपक मनाङे’ उर्फ राजीव गुरुङ, विश्व अर्याल र राजेन्द्र बजगाईँ हारे, नभए यिनले पनि आफ्ना व्यावसायिक क्षेत्रमा लाभ हुनेगरी विकास समिति तथा अनेक समितिलाई सल्लाह, सुझाव तथा उचित दबाब दिन पाउँथे । जसै विघटित प्रतिनिधिसभामा निजी क्षेत्रका विद्यायलका धेरै प्राचार्य तथा संस्थापकको उपस्थिति थियो । उसरी नै बैँक सञ्चालक तथा अध्यक्ष भएकाहरू पनि माननीय थिए । पत्रकार पृष्ठभूमि भएका तथा प्रकाशकको पनि खाँचो थिएन ।


अब खाली हुने वा भोलिका दिनमा खाली भएमा यातायात व्यवसायी क्षेत्रका सरोज सिटौला जस्तालाई पनि मनोनित गरेर भए पनि ल्याउनुपर्छ । सुन क्षेत्रका गोरेजस्ता काले र रातेलाई पनि ल्याउनसके समावेशी र समानुपातिक व्यावसायिक क्षेत्रका विविध क्षेत्रका व्यक्तित्वले संसद् साँच्चिकै गरिमामयपूर्ण हुनेछ । पप्पुले राष्ट्र बैँकको पुनर्निर्माण ठेक्का लगभग हात पार्लान् जस्तो छ । अब सिंहदरबार मर्मत गर्न पनि उनैलाई दिउँm । किन पुल र सडकमात्र दिने ? तरकारी व्यवसायी, क्रसर व्यवसायी वा औषधि व्यवसायीलाई पनि विस्तारै विधायक बनाउनुपर्छ । त्यत्ति गर्नसके यो ‘सिन्डिकेट र कार्टेल’ भन्ने कथा–व्यथा पनि सफाचट हुने थियो । बेलाखबत हडतालमा उत्रने डाक्टरसाब, अस्पताल सञ्चालकलाई पनि समेट्नसके समग्र क्षेत्रमा कायापलट हुन सम्भव थियो ।
– श्रीकृष्ण राजवंशी, सुनकोसी–३, सिन्धुली

प्रकाशित : आश्विन ९, २०७५ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?