कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अरिंगाल बन्ने कि मौरी

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई कर्मी मौरीजस्तै बन्न निर्देशन दिनुभएछ । केही दिन पहिले अरिंगाल बन्न निर्देशन दिनुभएको थियो । विपक्षीको खण्डनले हो कि अरिंगालबाट मौरी बनाउनु भएछ ।

अरिंगाल बन्ने कि मौरी

दुई तिहाइको शक्तिशाली पार्टीका नेता/कार्यकर्ताहरू कहिले अरिंगाल त कहिले मौरी बन्नुपर्ने के भएको हो यो ? भोलि फेरि के–के हुने हुन् ? नेकपाका कार्यकर्ता अब अरिंगाल बन्ने कि मौरी ? प्रधानमन्त्री कुनै पार्टी विशेषको हुँदैन, सबैको अभिभावक बनेर सबै जनतालाई परिश्रमी बनी देश विकासको अभियानमा लाग्न प्रेरित हुने खालको अभिव्यक्ति दिँदा अलि वेश हुन्थ्यो कि ?
– खगेश्वर पन्थ, गोंगबु, काठमाडौं

प्रकाशित : आश्विन ९, २०७५ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?