कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नोटको जात्रा

कान्तिपुर संवाददाता

काठमाडौँ — महान चाड दसैं नेपालीहरूको घरआँगनमा आइसकेको छ । नेपालीहरू आतुर देखिन्छन्, आउँदै गरेको दसैं मनाउन । तर विडम्बना, सरकार जनताका न्युनतम आवश्यकता पुरा गर्न, सहजीकरण गर्नसमेत असफल भएको छ ।

नोटको जात्रा

महँंगी, भ्रष्टाचार, हत्या, बलात्कार, सडक मर्मत, सुपथ मूल्य पसल, शान्ति सुरक्षाको सवालमा सरकार असफल भएको कुरामात्र उठान गर्न खोजिएको होइन । सामान्यतया नेपालीहरू दसैंको टीकामा नयाँ नोटको प्रयोग गर्न रुचाउँछन्, यो एउटा प्रचलन नै भइसकेको छ ।


घरकी बुढीआमालाई समेत नयाँ नोटको चटारोले छोएको भेटिन्छ, गाउँघरमा । यता सरकार पनि राष्ट्रिय पत्रपत्रिकामार्फत ठूलै काम गरेजस्तो गरी नयाँ नोट वितरणको फेहरिस्त सार्वजनिक गर्छ । आमनेपाली जसको दैनिकी नै हो लाइन बस्नु, दसैंको बेलामा चेक साटनुहोस् वा नयाँ नोट,
लाइन नबसी सुख छैन । फेरि पनि कहीं कतै विरोधको आवाज छैन, बसेका छन्, लाइन घन्टौंसम्म । राष्ट्र बैङ्कमा उभिएको लाइन हेर्दा लाग्छ, केही कुरा दसैंको अवसरमा नि:शुल्क वितरण गरेजस्तो । नयाँ नोटका लागि आमनागरिक घन्टौं लाइनमा बसेका छन् । यो हेर्दा लाग्छ, तालुकदार निकाय र यो देशमा परिवर्तन गर्छौं भन्नेहरू देखेर विरत्तिँmदै थिए, लाइन बसिरहेका आमनागरिक । जसले एउटा नयाँ नोटको वितरण प्रणाली चुस्त मिलाउन सक्दैन, त्यसबाट देश निर्माणको कस्तो आस गर्ने ?
– रामकृष्ण बराल, जोरपाटी, काठमाडौं

प्रकाशित : आश्विन २९, २०७५ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?