कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

जीवन र जगतको सवाल

कान्तिपुर संवाददाता

काठमाडौँ — निजगढ विमानस्थको निर्माण क्रममा २४ लाख ५० हजार रुख नास गर्नु ज्यादति हो । वातावरण संरक्षण निम्ति एकएक बिरुवाको महत्त्व हामीले नजरअन्दाज गर्न मिल्दैन । यतिधेरै रुखबिरुवा नष्ट गर्ने बिषयमा विज्ञहरूको मतभेद भन्ने समाचारले आश्चर्य चकित बनाएको छ ।

जीवन र जगतको सवाल

एउटा बिरुवा हुर्काउन/हुर्कन सयौं वर्ष लाग्छ, तर त्यसको विनास क्षणभरमै हुनसक्छ । कुनै पनि राजनीतिक इच्छाशक्तिले यति धेरै रुख नष्ट गर्ने दु:स्वप्न देख्नु गलत हो । विश्वको चौंथो ठूलो विमानस्थल निर्माणका लागि भनी यति धेरै रुख काट्ने योजना भइरहँदा विमानस्थल निर्माणको स्थान परिवर्तन गरेर रुख बचाउनेतर्फ किन सोच्दैन नेतृत्व ? हेटौंडा द्रुतमार्गका नाममा लाखौं रुख मासिसकेको बखत फेरि वनमाथि धावा बोल्ने काम किन हुँदैछ ?
– उत्तम पुडासैनी, जोरपाटी, काठमाडौं

प्रकाशित : आश्विन २९, २०७५ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?