कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजनीतिका बिम्ब–प्रतिबिम्ब

कान्तिपुर संवाददाता

काठमाडौँ — मुलुकको भविष्य निर्धारण गर्ने नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसको गतिविधि हेर्दा ‘समृद्ध नेपाल सुखी नेपाली’को सपना पुरा हुने देखिंँदैन । राष्ट्रपतिबाट विजयादसमीमा आफन्त, उच्चपदस्थ अधिकारी तथा सर्वसाधारणलाई टीका लगाएको विषय देश/विदेशमा आलोचित बन्यो ।

राजनीतिका बिम्ब–प्रतिबिम्ब

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई दसमीका दिन टीका लगाइदिंँदा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको आलोचनापछि झन् सुरिएर पूर्णिमासम्मै निरन्तरता दिनुले कम्युनिष्ट पार्टी सिद्धान्तविहीन बनेको मान्नुपर्छ । प्रधानमन्त्री संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका गएको बेला अर्का पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संसद्मा ‘देश डुब्न लाग्यो, कोही आएर बचाउनुपर्‍यो’ भन्ने अभिव्यक्ति दिएपछि केपी ओलीले खिसी गर्दै ‘म आएर उद्धार गरिहाल्छु नि †’ भन्न पछि नपर्नु अर्को हास्यास्पद सन्दर्भ बनेको छ । फेरि पूर्व प्रधानमन्त्री झलनाथ खनाल आफूलाई मर्यादाक्रमबाट अलग्याइएको गुनासो पोखिरहेका छन् भने पूर्व उपप्रधानमन्त्री वामदेव गौतव जसरी पनि सांसद बन्ने उद्देश्यसाथ पटक–पटक राजनीतिक तुरूप
फ्याँक्दा पनि असफल बनेपछि निधार छामेर बस्न बाध्य छन् ।
राजनीतिका माहिर खेलाडी तथा नेकपा अध्यक्ष प्रचण्ड मुलुकभित्र सुइँको नदिई दिल्ली पुगेर पत्रकारसामु आफू २ वर्षपछि प्रधानमन्त्री बन्ने भनी स्वघोषणा गर्न पछि पर्दैनन् । नेपाली कांग्रेसले संघीय, प्रादेशिक र स्थानीय सरकार प्रत्येकमाथि छाया सरकार बनेर विसंगतिको प्रतिकार गर्नुको साटो देउवा, सिटौला, पौडेल, कोइरालाजस्ता जिम्मेवार नेता दुलामा पसेर एकअर्कामाथि औंला ठड्याइरहेका छन् । ठूला दलभित्रको नेतृत्वको बहुरंगी चाला देख्दा दिक्दार लाग्छ ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : कार्तिक १७, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?