कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देश यसरी नै सिंगार्न पाए

कान्तिपुर संवाददाता

काठमाडौँ — तिहार झ्वाट्ट हेर्दा बत्ती र फूलको पर्वका रूपमा चिनिन्छ  । यद्यपि यस पर्वका धार्मिक र सांस्कृतिक आयाम छन्  ।

देश यसरी नै सिंगार्न पाए

ललितपुरको जावलाखेलमा शुक्रबारदेखि चलिरहेको पुष्प मेलाभित्र छिरेर नरमाउने सायदै कोही होलान् । कोही हेर्न, कोही फूलका पारखीहरू फूल किनेर रमाइरहेको दृश्य देख्न पाइन्छ अनि मनभित्र कताकता देशका सबै क्षेत्रमा यी फूलले सुन्दरता र आनन्द दिएजस्तै सबै जनतालाई शान्ति र मेलमिलाप अनि आनन्द दिने भए कति राम्रो हुन्थ्यो होला भन्ने भावना जागृत हुन्छ । नेपाल साँच्चिकै यी फूलजस्तै विभिन्न जातजाति, भाषाभाषी, रहनसहन र संस्कृतिले सजिएको छ । यसलाई सजाएर राख्न पाए समग्र विश्वका मानिस भ्रमण गरी प्रत्येक फूलको बास्ना, सौन्दर्य र आनन्द लिएर जान्थे होला ।
–केपी अधिकारी, भैंसेपाटी, ललितपुर

प्रकाशित : कार्तिक १८, २०७५ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?