कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारको आलोचना किन ? 

काठमाडौँ — प्रधानमन्त्री र मन्त्रीको भनाइअनुसार शब्दमा केही गर्न खोजेको देखिन्छ तर व्यवहारिकता कतै अल्झेको छ । वृक्ष सुक्न लाग्यो भने जरामा मलजल गर्नुपर्छ तर सरकार पातमा पानी छर्किंदै छ ।

तरिका नमिलेको हो । चुनावी नारा र जनताको जीवनस्तरसँग जोडिएका कुराभन्दा पनि नेता आफ्ना चाहाना, रहर र सुविधा परिपूर्ति गर्न उद्दत देखिएको कारण आलोचना भएको हो जुन स्वाभाविक हो । जनताको चाहना र भावना बुझ्न नसक्नु सरकारको कमजोरी हो । निर्वाचित सरकारको संवैधानिक आयुको अनुपातमा ९ महिना कम समय होइन । जनस्तरमा केही तीव्र काम हुनुपथ्र्याे, त्यो हुन सकेन । सरकार जनताको मत र जनताको पैसामा टिकेको हुन्थ्यो भने जनताप्रति उत्तरदायी हुनुपर्ने हो तर त्यो अनुभव जनताले गर्नै पाएनन् । फल ठूलो तर टिप्ने औजार लुलो भएपछि सरकार दिनप्रतिदिन आलोचित बन्दै एको छ ।

–जोन कँडेल, भरतपुर–४, चितवन

प्रकाशित : मंसिर ९, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?