२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८७

किसान सधैं ठगियौं

पाठक पत्र

चैतमा परेको पानीले शरीरमा शीतलता त प्रदान गर्‍यो । मन भने भतभती पोलिरहेको छ । वर्षा सुरु भयो । अब कसको जग्गा जोत्न पाइन्छ भन्ने पिरलो छ । हामी जमिनमा श्रम गर्ने किसान । पसिनाले खेती सिञ्चित गर्ने किसान । आफ्नो जमिन नहुँदा पनि जमिनका मालिकको जग्गा भाडामा लिएर बाँच्नका लागि भए पनि अन्न फलाउने किसान ।

किसान सधैं ठगियौं

सरकारले मल र बीउमा अनुदान दिँदा कति जग्गामा बाली लगाउने ? पुर्जाको फोटोकपी लिएर आउनू भन्छन् । तर हामीसँग जमिन छैन । कसको पुर्जा बोकेर जाऔं ? अन्न उत्पादन गर्ने वास्तविक किसान हामी । तर राज्यले जमिन हुनेलाई मात्र अनुदान दिन्छ । राज्यको नजरमा हामी टाढा छौं ।

हाम्रो पेसा नै कृषि हो । सीप पनि कृषिमै छ । तर हामीसँग जग्गा छैन । हामी बाध्य भएर जमिन हुने तर खेती नगर्नेहरूलाई भुक्तानी दिएर बटैया खेती गर्छौं । हामी दोहोरो मारमा पर्‍यौं सरकार । हामी राज्यबाट पनि ठगियौं । जमिन बाँझो राख्नेबाट पनि ठगियौं ।

गाउँमा चर्को ब्याजमा ऋण लिएका हुन्छौं । असिना, खडेरी र जनावरको कारण अन्न नास भयो भने हामीले लिएको ऋणको ब्याजसमेत तिर्न सक्दैनौं । सरकार अब हामी कसरी बाँच्ने ? हाम्रो आफ्नै जमिन कहिले हुन्छ ? ताकि हामीले भरपेट खान पाउँछौं । अब हामीलाई आश्वासन हैन, जमिन चाहिएको छ ।
वीरबहादुर विक, बर्दिबास, महोत्तरी

प्रकाशित : वैशाख ४, २०८१ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?