१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

हातखुट्टा फुटेर रगत चुहिँदा...[फोटोफिचर]

कान्तिपुर संवाददाता

चितवन — चितवनको इच्छाकामना गाउँपालिका-१ स्थित थाप्राङ पुग्न सदरमुकामबाट एक दिन लाग्छ । यो गाउँमा चेपाङ समुदायको बाक्लो बसोबास छ । अहिले चिसो बढेको छ । सबैभन्दा बढी बालबालिकालाई समस्या छ ।

चितवनको इच्छाकामना गाउँपालिका-१ स्थित थाप्राङ पुग्न सदरमुकामबाट एक दिन लाग्छ। यो गाउँमा चेपाङ समुदायको बाक्लो बसोबास छ। अहिले चिसो बढेको छ। सबैभन्दा बढी बालबालिकालाई समस्या छ। कोही फाटेको लुगामा त कोही बुवाआमाको लुगा लगाएर हिँड्न बाध्य छन्। जाडोले कसैको नाकबाट सिंगान बगिरहेको छ त कसैको हातखुट्टा फुटेर रगत आएको छ। कोही तन्ना ओडेर त कोही एउटै लुगाको भरमा हिँड्न बाध्य छन्। शरीर ढाक्ने र सुत्दा ओढ्ने न्यानो लुगा नहुँदा आगो बालेर सुत्नु पर्ने बाध्यता छ। आगो बालेर सुत्दा बालबालिका अगेनोमा पर्ने गरेका छन्। जलेर अपांग हुने गरेका छन्। कसैका खुट्टा छैन, कसैको हात त कसैको टाउको खुइलिएको छ।

प्रकाशित : पुस २६, २०७४ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्