कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

८ तस्बिरमा प्रधानमन्त्री ओलीको शपथ

कान्तिपुर संवाददाता

काठमाडौँ — नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिहीबार पद तथा गोपनियताको शपथ लिएका छन् । सपथका क्रममा ईश्वर शब्द भने उनले उच्चारण गरेनन् । राष्ट्रपतिले ईश्वर शब्द उच्चारण गरेका बेला ओलीले भने, 'भनि सकें ।'

राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिंदै नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : एलिट जोशी/कान्तिपुर ।

प्रधानमन्त्रीको सपथ पछि जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डित र महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले सपथ लिए । दुई मन्त्रीले पनि ईश्वर शब्द उच्चारण गरेनन् । 

शपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, नवनियुक्त प्रधानमन्त्री केपी ओली, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, उपराष्ट्रपति नन्दकिशोर पुन र प्रधानन्यायाधीश गोपाल पराजुली । तस्बिर : एलिट जोशी/कान्तिपुर ।

शपथ ग्रहण पछि प्रधानमन्त्रीको कुर्चीमा बस्दै नवनियुक्त प्रधानमन्त्री केपी ओली । तस्बिर : एलिट जोशी/कान्तिपुर ।

मन्त्रीहरु लालबाबु पण्डित र थममाया थापामगर सपथ लिंदै । तस्बिर : एलिट जोशी/कान्तिपुर ।

नवनियुक्त प्रधानमन्त्री केपी ओलीलाई बधाई दिंदै निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर : एलिट जोशी/कान्तिपुर ।

नवनियुक्त प्रधानमन्त्री केपी ओलीलाई बधाई दिंदै पूर्व प्रधानमन्त्री तथा सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । तस्बिर : एलिट जोशी/कान्तिपुर ।

नवनियुक्त प्रधानमन्त्री केपी ओलीलाई बधाई दिंदै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्बिर : एलिट जोशी/कान्तिपुर ।

प्रकाशित : फाल्गुन ३, २०७४ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्