कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धादिङबेंसीमा १० देशका लोक कलाकार (फोटोफिचर)

शब्द/तस्बिर : हरिहरसिंह राठाैर

धादिङ — धादिङबेंसीमा आयोजित १२ दिने महोत्सवले सदरमुकाम बजारमका चहलपहल बढेको वेला आईतवार विदेशी कलाकारहरुको जुलुशले सदरमुकामको रौनक बढाएको हो ।

एभरेष्ट नेपाल कल्चर ग्रुपले नवौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला २०१८ को अवसर पारेर विभिन्न १० देशका कलाकारलाई सदरमुकाम निम्त्यकएको थियो । महोत्सवका आयोजकहरुले गरेको आमन्त्रणमा भारत, बंगलादेश, टर्की, ग्रीस, मलेसिया, कोस्टारिका, ईजरायल, इस्टोनिया, ईन्डोनेसिया, इटालीका लोक कलाकारहरुलाई आमन्त्रण गरेका थिए । कलाकारहरुले आ आफना देशका मौलिक भेषभुषा र आदिवासीका मौलिक लोकवाजासहित प्रदर्शनी गरेका थिए ।  

मलेसियाका कलाकारले वाँसका मौलिक वाजाहरुको प्रदर्शन गरेको थियो भने ईन्डोनेसियाका कलाकारहरुले पंछीका प्वाँखका विभिन्न गहनाहरु लगाई आफनो संस्कृति प्रस्तुत गरेका थिए । 

बंगलादेश स्थित जिनिया डान्स एकेडेमीका कलाकारहरुले आफनो प्रशिद्ध आदिवासी सपेरा जाती को मौलिक नाच प्रस्तुत गरेको थियो भने भारतको समुहले पंजाव राज्यको पंजाव लोक कला केन्द्रका कलाकारहरुले आफनो रैथाने नाच प्रस्तुत गरेका थिए । वालीनाली भित्र्याएपछि, विहेवारी जस्ता खुशीयालीमा नाचिने परम्परागत नृत्य वंगडा उनीहरुको प्रस्तुती थियो । 

मलेसियाका जिके सेभेन हाईल्याण्डर्सका कलाकारहरुले वाँसका मौलिक वाजा वजाएर विभिन्न संगीत तथा मौलिक नाचहरु प्रदर्शन गरेका थिए । 

‘समृद्ध धादिङको कामना : एक घर एक व्यवसाय हाम्रो चाहाना’ भन्ने नाराको साथ धादिङ महोत्सव गत बुधवारदेखि सुरु भएको हो । विभिन्न देशका कलाकार समुहलाई महोत्सव आयोजक समितिका अध्यक्ष रामलाल श्रेष्ठले विभिन्न उपहार दिएर विदाई गरेका थिए । 

जिल्लाका साना तथा मझौला उद्योग व्यवसायको प्रवर्द्धन गर्दै स्वरोजारका लागि युवालाई आकर्षित गर्ने, जिल्लाको पर्यटन प्रवर्द्धन, जडीबुटी उत्पादन, खनिजजन्य उत्पादनलाई प्रचारप्रसार एवं व्यवस्थित गर्ने  उद्देश्यले आयोजना गरिएको  महोत्सव फागुन २७ गतेसम्म चल्ने आयोजकले जनाएको छ । थोरै लगानीमा साना तथा मझौला व्यवसायमा संलग्न व्यावसायीले उत्पादन गरेका सामग्रीको प्रदर्शन तथा बिक्रीवितरण महोत्सवमा भइरहेको छ । साना तथा मझौला व्यवसायीको हक हितको लागि यो महोत्वसव फलदायी बन्नेमा आफू विश्वस्त रहेको संस्थाका अध्यक्ष रामलाल श्रेष्ठले बताए । 

प्रकाशित : फाल्गुन २०, २०७४ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्