कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाह ! मनै लोभ्याउने यी तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल पर्यटन बोर्डले फोटो पत्रकार (पिजे) क्लब सँगको सहकार्यमा हिउँद (विन्टर) थिममा फोटो प्रतियोगिता गरेको छ । प्रतियोगितामा नेपालभरीमा २ सय ३० फोटोग्राफरले खिचेका ५ सय ९ फोटो परेका थिए । ती मध्ये उत्कृष्ट फोटोहरु भृकुटीमण्डपस्थित बोर्डको प्रङ्गणमा प्रदर्शन भइरहेको छ ।

ती मध्येबाट प्रसन्न बज्राचार्यको फोटो सर्वोत्कृष्ट भएको छ। विक्रम मगरको फोटोले दोस्रो तथा प्रमिन मानन्धरको फोटोले तेस्रो स्थान पायो । पहिलो चरणको जजिङमार्फत् ३८ फोटोग्राफरका उत्कृष्ट ५० फोटो फोटो नेपालको प्रदर्शनीमा समावेश गरिएको छ। ५० उत्कृष्ट फोटोमध्येबाट अन्तिम चरणको जजिङमार्फत् शीर्ष तीन फोटो चयन गरिएको हो। हिउँद (विन्टर) थिममा गरिएको प्रतियोगितामा जाडोयामको जनजीवनसँग सम्बन्धित फोटोहरु सहभागी थिए।

प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रबार पर्यटन बोर्डमा फोटो प्रदर्शनी हुँदै आएको छ । प्रदर्शनीमा नेपालमा हिउँदको समयमा देखिएका जीवनशैलीका फोटोहरु समावेश छन् । यो प्रदर्शनी आगामी बुधबारसम्म फोटो चल्नेछ ।

प्रकाशित : फाल्गुन २६, २०७४ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्