बालुवाटारमा रात्रीभोजको तयारी(फोटो फिचर सहित)

शेखर अधिकारी

काठमाडौँ — नेकपा एमाले र माअोवादी केन्द्रबीच एकता भएपछि गठन हुने नेपाल कम्युनिष्ट पार्टीका चार सय ४१ केन्द्रीय सदस्यका लागि बालुवाटारमा रात्री भोजको तयारी भइरहेको छ ।

प्रकाशित : जेष्ठ ३, २०७५ १६:००

रात्रीभोजका लागि नेपाली सेनाले टेन्ट गाडेको छ । बबरमहलस्थित कार्की ब्याङ्केटलाई त्यसको जिम्मा दिइएको छ ।

Yamaha

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पार्टी एकता संयोजन समितिको बैठक सकियो, एकताको खाकालाई अनुमोदन गर्न दुवै दलको छुट्टा-छुट्टै बैठक बस्दै

शेखर अधिकारी

काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन बैठकले बुधबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको  सहमतिअनुसार नै एकता गर्ने निर्णय गरेको छ । 

सहमति अनुसार दुवै दलका अध्यक्षले संयुक्त रूपमा एकीकृत पार्टीको नेतृत्व गर्नेछन् भने एकीकृत पार्टीको केन्द्रीय समिति करिब ४ सय ४१ सदस्यीय हुने छ। यस्तै त्यसमा एमालेबाट २ सय ४१ र माओवादीबाट २ सय जना रहने छन्। ४३ सदस्यीय स्थायी समितिमा भने एमालेबाट २५ र माओवादीबाट १८ जना रहनेछन्।

यस्तै संयोजन समितिका सदस्य समेत रहेका एमाले महासचिव इश्वर पोखरेलले ९ सदस्यीय सचिवालय पनि गठन गर्ने सहमति भएको जानकारी दिए। उनको अनुसार अब दुवै दलको छुट्टा-छुट्टै केन्द्रिय कमिटिको बैठक बसेर पार्टी एकता संयोजन समितिको निर्णयलाई पारित गर्नेछन्। त्यसपछि भने दुवै दलको संयुक्त बैठक बसेर निर्णय गरेसँगै नयाँ दल दर्ता गर्न निर्वाचन आयोग जाने कार्यक्रम रहेको छ।

प्रकाशित : जेष्ठ ३, २०७५ १४:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT