कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

१६ तस्बिरमा हेर्नुहोस्, कान्तिपुर हिसान शैक्षिक मेला

सुदीप कैनी

काठमाडौँ — ‘नेपालमै पनि उत्कृष्ट शिक्षा पाइन्छ’ भन्ने नारासहित बिहीबारबाट काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा पाचौँ कान्तिपुर हिसान शैक्षिक मेला सुरु भएको छ । मेलाको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका हुन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले एसईई र कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी एडुफेयरको आयोजना गरेको हो । प्रधानमन्त्रीले एडुफेयरको उद्घाटन गर्दै सफलताको शुभकामना दिए । नेपालमै गुणस्तरीय शिक्षा प्रदान गर्न सरकारले जोड दिने उनको भनाइ थियो ।

मेलामा उपस्थित भएर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्ररेलले पनि प्रधानमन्त्रीसँगै स्टलहरुको अवलोकन गरेका थिए । चर्चित क्रिकेटर सन्दीप लामिछानेको उपस्थितिले मेलास्थलमा रौनकता थपेको थियो ।

एडुफेयरमा १ सय ५० भन्दा बढी शैक्षिक संस्थाहरुको स्टल रहेका छन् । स्टलमा गएर विद्यार्थीहरुहरुले शैक्षिक परामर्श लिनसक्ने मेला आयोजक समितिका संयोजक लोकबहादुर भण्डारीले जानकारी दिए । ‘कुन कलेज पढ्ने कुन विषय पढ्ने जस्ता विषयमा विद्यार्थीले परामर्श लिन सक्छन्,’ उनले भने । शिक्षासँग सरोकार राख्ने संघसंस्था, व्यक्ति विद्यार्थी र अभिभावक आएर मेलाको अवलोकन गर्ने र परामर्श लिन गरिरहेका छन् । जेठ १३ गतेसम्म चल्ने मेलामा शैक्षिक बहसहरु हुने पनि हुने आयोजकले जनाएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७५ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्