कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बादलको घुम्टोभित्र फक्रदै लेकाली सौन्दर्य

घनश्याम खड्का

म्याग्दी — जथाभावी भौँतारिदा आनन्द प्राप्त हुँदैन । यात्रा बौद्धिक र शारीरिक सौन्दर्यको अनुभुति बढी हो । जुन ठाउँमा पाईला टेकेपछि मनमा आनन्दभूति हुन्छ । त्यस्तो ठाउँलाई ‘ड्रिम डेस्टिनेसन’ भन्ने गरिन्छ ।

ड्रिम डेस्टिनेसनलाई प्राकृतिक औषधालय नै मान्न सकिन्छ । किनकी त्यस ठाउँको यात्रा गरेर फर्केपछि व्यक्तिमा नयाँ अनुभव,दृष्टिकोण र नयाँपन आउँछ । आँखाले देखेको दृष्य र मनले गरेको अनुभवले व्यक्तिलाई उत्कृष्ट जीवनतर्फ प्रेरित गर्छ ।

पहाडी वस्तीभन्दा माथिल्लो र हिमालमुनि फैलिएका घाँसे मैदानको दृश्वालोकन गर्न सकिन्छ । हिमाली श्रृंखलाको दक्षिणी भागमा पर्ने मनसुन (झरी)को मौसममा लेकाली बुकीफूलहरु असार–भदौसम्म उम्रने, बढ्ने, फक्रने र फुल्ने गर्छन् ।

मनसुनी मौसममा फूल फुल्दा लेकाली क्षेत्र स्वर्गको टुक्रा झैँ अलौकिक सुन्दरता देखिन्छ । यो सिजन हिमालको काखमा जंगली फूलहरुको सौन्दर्यको मज्जा लिने उपयुक्त समय हो ।

हरियाली पहाड, तरेली परेका फाँटहरु, भ्यागुताको ट्वार ट्वार, बर्षे झरीमा पानीका थोपाको टप्प टप्प मधुर आवाजसँगै वस्ती छिचोल्दै लेकाली भू–भागमा पुगेपछि देखिने प्राकृतिक सुन्दरता आफैँमा अलौकिक त छँदै छ, मनसुनको बेला विभिन्न प्रजातिका जंगली फूलहरुले गर्दा त्यो सुन्दरता अझ निखारिएर प्रस्तुत हुन्छन् ।

लेकाली फाँटमा परम्परादेखि खुल्ला रुपमा फरिन्ते शैलीमा पालिएका भेडा, चौरी, गाईभैँसी गोठहरु थप आर्कषणका विषय हुन् ।

सबै तस्बिरहरुःघनश्याम खड्का

प्रकाशित : असार २०, २०७५ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्