यसरी गरिँदैछ उपत्यकामा डुबान पीडितको उद्धार (फोटोफिचर)

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — बुधबार राति देखिकाे वर्षाले भक्तपुर क्षेत्रका डुबानमा परेकाकाे उद्धार जारी छ । बिहीबार बिहानै देखि उद्धारकर्ताहरु खटिएका छन् । भक्तपुरकाे राधे राधे, ठिमी, जगाती लगायतका क्षेत्रमा डुबानले बढी प्रभावित बनाएकाे छ । सुरक्षाकर्मीले राधे राधे क्षेत्रबाट केहीलाई सुरक्षित स्थानमा स्थानमा सारेकाे छ ।


Esewa Pasal

प्रकाशित : असार २८, २०७५ ०९:१३

Yamaha

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पाल्पामा बस दुर्घटना, २६ जना घाइते

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको भालेबासमा बिहीबार बिहान भएको बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् । घटनामा ५ यात्रु गम्भीर घाइते भएका छन् । 

भैरहवाबाट बाग्लुङ्ग जाँदै गरेको लु१ख ७२७२ नम्बरको बस तानसेन नगरपालिका–८ मा दुघर्टनामा परेको हो।

घाइते सबैको तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ। पाल्पाबाट नेपालगञ्ज छुटेको लु १ ख ८१२७ नम्बरको बसले घुम्तीमा साइड बढी च्याप्दा भैरहवाबाट आउदै गरेको बस तीव्र गतिमा भएकाले घुम्तीमा स्टेरिङ्ग मोड्न नसक्दा अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनाग्रस्त बस २० मिटर तलको खोलामा खसेको छ।

प्रकाशित : असार २८, २०७५ ०८:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT