बालुवाटारबाट अधिकारकर्मी पक्राउ

तस्बिर : अंगद ढकाल

काठमाडौँ — नेपाल प्रहरीले बालुवाटारबाट अधिकारकर्मीलाई गिरफ्तार गरेको छ । सरकारका स्वतन्त्रता विरोधी नीति र स्वेच्छाचारी निर्णय विरुद्ध मानव अधिकार तथा शान्ति समाजद्वारा शनिबार प्रधानमन्त्री निवास अगाडि आयोजित शान्तिपूर्ण धर्ना तथा प्रदर्शन कार्यक्रममा ३२ जना अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।


Esewa Pasal

प्रकाशित : असार ३०, २०७५ १३:४८

उनीहरुलाई महानगरीय प्रहरी वृत्त अनामनगरमा राखिएको छ । पक्राउ पर्नेमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, संस्थापक सदस्य कृष्ण कँडेल, सभापति डा.गंगाधर अधिकारी, महासचिव उत्तम पुडासैनी, होमकान्त चौलागाई, अन्जना अर्याल , लक्ष्मी पुडासैनी, बटुकृ्ष्ण ढुंगेल सहित ३२ जना छन् । उनीहरुलाई प्रधानमन्त्री निवास बालुवाटार ३ नं गेटबाट प्रहरीले गिरफ्तार गरेको हो । 

Yamaha

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हिलोमा रम्दै [फोटोफिचर]

तस्बिर : अंगद ढकाल

भक्तपुर — चाँगुनारायण नगरपालिका खरिपाटीस्थित धान दिवस अर्थात् असार १५ को अवसरमा आयोजित कार्यक्रममा रमाइलो गर्दै स्थानीयहरु । कार्यक्रम पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । दिवसका अवसरमा स्थानीय युवा युवती, किसान र सहभागीले हिलो छ्यापाछ्याम गर्दै रमाइलो मनाएका थिए ।

प्रकाशित : असार १५, २०७५ १६:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT