'बोलबम' तिर्थालु जल लिन सुन्दरीजल

तस्बिर : इलिट जोशी

काठमाडौँ — साउनको सोमबारमा शिवलाई शुद्ध जल चढाउँदा मनोकामना पुरा शास्त्रीय मान्यता अनुसार बोलबम तिर्थालुहरु जल लिनका लागि साउने झरीको वेवास्ता गर्दै सुन्दरीजलसम्म पुग्ने गर्छन् ।

प्रकाशित : श्रावण २१, २०७५ ११:०८

त्यहाँबाट जल बोकेर कोही पैदल त कोही गाडीमा पशुपति आई जल चढाउँछन् । साउनको तेस्रो सोमबार आज पनि सुन्दरीजलमा बोलबम तिर्थालुहरुको भिड लागेको छ । साउनको हरेक सोमबार भगवान शिवको आराधना एवं ब्रत गर्नाले मनोकांक्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।

Yamaha

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

यार्सा बेच्न तिब्बती हाट

संकलनस्थलमा राम्रो भाउ नपाएको भन्दै तिब्बत जान थालेका हुन् ।
कान्तिपुर संवाददाता

डोल्पा — यार्सागुम्बा बेच्न यहाँका व्यापारी तिब्बत जान थालेका छन् । शुक्रबारदेखि क्याटो र छोग्रामा लाग्ने हाटबजारमा यार्सा बिक्री गर्न संकलक तिब्बत जान थालेका हुन् । पाटनमा धेरै व्यापारी नआएको र संकलनस्थलमा राम्रो भाउ नपाएको भन्दै संकलक तिब्बत जान थालेका हुन् ।

यार्चा व्यापारीहरू साउनमा तिब्बतको क्याटो र छोग्रामा लाग्ने हाटबजारमा पुग्न डोल्पाको दुनैमा हिंड्दै । तस्बिर : विष्णुलाल बुढा

त्रिपुरासुन्दरी, ठूलीभेरी नगरपालिका, जगदुल्ला, मुड्केचुला र काइके गाउँपालिकाबाट एक हजार बढी यार्सा संकलक तिब्बती बजार जान थालेका हुन् । केही संकलक आइतबार तिब्बत गएको र केही संकलक सोमवार हिंड्ने तयारीमा छन् ।

तिब्बती नाकामा व्यापारीको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयबाट १३ प्रहरीको टोली खटाइएको छ । उक्त टोलीसँगै नजिकैका प्रहरी चौकीका प्रहरीले हाटबजारस्थलमा सुरक्षा दिनेछन् । तिब्बतको क्याटो र छोग्रामा दुई सातासम्म हाटबजार लाग्ने गरेको छ । उक्त हाटबजारमा स्थानीयले यार्सा बेच्ने र दैनिक उपभोग्य सामग्रीको किनमेल गर्ने गरेका छन् । स्थानीय व्यावसायी धनचन्द्र बैजीले गतवर्ष यार्सा बिक्रीबाट राम्रै आम्दानी भएकाले यस वर्ष पनि राम्रो आम्दानी हुने आशा रहेको बताए ।

शेफोक्सुन्डो गाउँपालिकाका अध्यक्ष टसीतुण्डुप गुरुङका अनुसार सीमामा लामो समयदेखि हाटबजार लाग्दै आएको छ । ‘माथिल्लो डोल्पाका स्थानीयले यार्सागुम्बा लगायत जडिबुटी बेच्ने र त्यही रकमले वर्षभरि पुग्ने खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु ल्याउने गरेका छन्,’ उनले भने, ‘वर्षायाममा तिब्बतमा गरिने व्यापारबाटै हिउँदमा स्थानीयवासीको दैनिक उपभोग्य सामानको जोहो हुन्छ ।’

उक्त हाटबजारमा करिब दुई क्विन्टलको यार्साको व्यापार हुने उनको भनाइ छ । विदेशमा यार्सा सोझै निकासी गर्न नपाइने भए पनि तिब्बती नाका क्याटो र मरिम्लाबाट यार्सागुम्बा तिब्बत जाने गरेको छ ।

प्रकाशित : श्रावण २१, २०७५ ११:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT