कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिलाम्मे सडक : घण्टौंको जाम [फोटोफिचर]

कृष्ण थापा

कोल्पुटार (नुवाकोट) — नुवाकोट र धादिङ सीमा क्षेत्रमा पर्ने कोल्पुटारमा सडक बिस्तार नहुँदा यात्रु घण्टौंको जाम झेल्न बाध्य छन् । निर्माणका क्रममा माटो र भीर काटेपछि सडक बिस्तारमा पनि ढिलाइ भएको हो । गल्छी–त्रिशूली सवारीको चाप धेरै रहने नाका हो ।

समयमै गन्तव्यमा पुग्न नसक्दा बिरामी, विद्यार्थी, यात्रुले सकस खेप्नुपरेको छ । ‘छिटो उपचार गर्न भनेर बिहानै बिरामी ल्याएको काठमाडौं पुर्‍याउन सकिएको छैन,’ एम्बुलेन्समा बिरामी लिएर हिँडेका आफन्तले भने, ‘कहिले खुल्ला जाम निश्चित भएन ।’ नुवाकोट सीमा कोल्पुटार हुँदै गल्छीमा रहेको विद्यालयमा अध्ययन गर्न जाने विद्यार्थी र शिक्षक पनि जामको सास्ती खेप्न बाध्य छन् । बर्खायता कोल्पुटार हुँदै गल्छी पुग्ने सबैको बाध्यता जान छिचोल्न भएको छ । ‘बिहानै हिँडयो १२/१ बजे नभई विद्यालय पुगिँदैन,’ एक शिक्षकले भने ।

बाटो बनाउने चासो कसैलाई नभएको त्रिशूलीबाट यात्रु लिएर काठमाडौं हिँडेका बा३ ख ५५४७ नम्बर बस चालक श्यामबाबु श्रेष्ठ बताउँछन् । भन्छन्, ‘सरकारले यो बाटो छिटो बनाउन कहिले ध्यान देला खोई ?’ हिलाम्मे सडकमा एउटा गाडी भासिए यात्रु मिलेर ठेल्दा पनि निकाल्नै सकस हुन्छ । बाटोमा खसेको ढुंगा यहाँ परिचालित प्रहरीले पन्छाउने र जाम मिलाउन भ्याईनभ्याई हुने गरेको छ । ‘बिहानदेखि बेलुकासम्म यस्तै हो,’ गल्छी प्रहरी चौकीका हवल्दार रामकुमार श्रेष्ठले भने, ‘जाम खोल्दै पठाउन गरेका छौं ।’


प्रकाशित : श्रावण २५, २०७५ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्