पोखरामा ट्होटेको रौनक [फोटोफिचर]

विना थापा

काठमाडौँ — हातमा तरबार, लठ्ठी धनुषवाण र झार बोकेका, अनुहारमा कालो पोतेर, भोटो कछाडमा ठाँटिएका । कोही ढ्यांग्रो बजाउँदै थिए भने महिला गुनियोचोली, चुरापोतेसहित जातीय पोसाकमा सजिएर लस्करै र समूहमा हिँडिरहेका देखिन्थे । त्यो हुलमा जोगी तथा झाँक्रीको भेषमा सिँगारिएकाहरु र बालबालिकादेखि वृद्धवद्धा पनि थिए । यो दृश्य हो, गुरुङ समुदायले मंगलबार पोखरामा मनाउँदै गरेको ट्होटे पर्वको ।


प्रकाशित : श्रावण २९, २०७५ १६:००

पोखराको बगर टुँडिखेलबाट निस्किएको र्‍याली बागबजार, भैरवटोल, सिद्धार्थचोक, महेन्द्रपुल हुँदै नयाँबजार तमुधिंमा पुगी समापन भएको भएको थियो । साउन महिनाको अन्तिम मंगलबार गुरुङ समुदायले सामूहिक रुपमा ट्होटे पर्व मनाउने गर्छन् । यस्तै पर्व चैतको अन्तिम मंगलबार पनि मनाउने गरिन्छ ।

Yamaha

गुरुङ भाषामा 'ट्हो' भनेको राज्य र 'टे' भनेको धपाउने अर्थात् राज्यबाट शत्रुलाई लखेट्ने भन्ने बुझिन्छ । सहरमा यसरी मनाए पनि गाउँघरमा भने भूतप्रेत भगाउने पर्वको रुपमा ट्होटे मनाइन्छ । चैतमा उभौली र साउनको ट्होटेलाई उधौली भनिन्छ ।

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बिदा कटौतीबारे पुर्नविचार गर्न ध्यानाकर्षण

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मुस्लिम समूदायका बिदा कटौति गरेकोमा असन्तुष्टि जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।

गठबन्धन संयोजक समीम मियाँ अन्सारी नेतृत्वको टोलीले सरकारलाई निर्णय सच्याउन प्रधानमन्त्रीसँग माग गरेको छ ।

गठबन्धनले इद र बक्र इदको विदालाई राष्ट्रिय बिदाबाट सामूदायिक बिदामा खुम्च्याएको भन्दै निर्णय सच्याउन माग गरेको अन्सारीले जानकारी दिए ।

आगामी भदौ ६ गते मुस्लिम समूदायको ठूलो पर्व बक्र इद अगाडि नै निर्णय सच्याउन गठबन्धनले माग गरेको हो । प्रधानमन्त्रीले गठबन्धनको मागले आफ्नो ध्यानाकर्षण भएको भन्दै अध्ययन गर्ने आश्वासन दिए ।

यस्तै, नेपाल मुस्लिम इत्तेहाद संगठनइदउल अजहा (बकर इद) मा सार्वजनिक बिदा दिन सरकारको ध्यानाकर्षण गराएको छ ।संगठनले सोमबार विज्ञप्तिमार्फत् सार्वजनिक बिदाबारे पुन: निर्णय गर्न ध्यानाकर्षण गराएको हो ।

सरकारले पर्व बिदा कटौती गरेदेखि नै संगठनले ती बिदाबारे पुर्नविचार गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएको काबा अध्यक्ष सिराज अहमद फारुकीले जनाएका छन्।

प्रकाशित : श्रावण २९, २०७५ १५:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT