कलंकीको अण्डरपास आजदेखि सञ्चालनमा

तस्बिर : इलिट जोशी

काठमाडौँ — नेपालको पहिलो कलंकी अण्डरपास सञ्चालनमा आएको छ । अण्डरपास सञ्चालनमा आएसँगै उपत्यका बाहिरिने र भित्रिने प्रमुख नाका कलङ्कीमा कम जाम हुने विश्वास गरिएको छ ।

चार लेनको अण्डरपासमध्ये आजदेखि दुई लेन खुला गरिएको चक्रपथ सुधार आयोजना प्रमुख प्रकाश भण्डारीले जानकारी दिए ।

Yamaha

'दुई लेनमा निर्माण सामग्री राखिएकाले पञ्छाउन एक महिना लाग्छ, एक महिनापछि अण्डरपास चार लेनमै चल्छ, अण्डरपासमा सवारी चालकलाई बानी पार्न एक हप्ता लाग्ने विश्वास गरिएको छ,' उनले भने ।

चीन सरकारको आर्थिक सहयोगमा कोटेश्वर–कलङ्की सडक विस्तारअन्तर्गत अण्डरपास निर्माण भएको हो । साउन पहिलो सातामै खोल्ने भनिए पनि निर्माण सम्पन्न नभएकाले अण्डरपास खोल्न समय लागेको थियो ।

अण्डरपास सञ्चालनमा ल्याउँदा सडक विभागले कुनै औपचारिक कार्यक्रम भने गरेन । परीक्षणका रुपमा सडक खोलिएकाले पछि औपचारिक कार्यक्रम गर्ने आयोजना प्रमुख भण्डारीले बताए ।



प्रकाशित : भाद्र १, २०७५ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सडकमै बग्यो भेल

कान्तिपुर संवाददाता

काठमाडौँ — शुक्रबार दिउँसो केहीबेर परेको वर्षाले बौद्ध–जोरपाटी सडक खण्ड क्षणभरमै जलमग्न बन्यो ।

सवारीसाधानहरु पौडी खेले जस्तै देखिन्थे । पैदलयात्रीहरुलाई बाटो काट्न मुस्किल परेको थियो ।
स्थानीयले यस सडकमा तीनवर्षदेखि सास्ती खेप्दै आएका छन् ।

निर्माणाधीन सडकमा ढल निकास नहुँदा सामान्य वर्षा हुने बित्तिकै सडकमा भेल बग्न सुरू हुन्छ ।

प्रकाशित : भाद्र १, २०७५ १९:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT