तस्बिरमा नेपाल र बंगलादेशबीचको पहिलो हाफको खेल

कञ्चन अधिकारी

बंगलादेश — साफ च्याम्पियनसिप २०१८ को समूह 'ए' अन्तर्गतको लिगको अन्तिम खेल नेपाल र बंगलादेशबीच जारी छ । नेपालले पहिलो हाफको समाप्तिसँगै १- को अग्रता लिएको छ । दोस्रो हाफको सुरुमा खेलमा बंगलादेशले गवल गर्ने मौका पाएको थियो ।

प्रकाशित : भाद्र २३, २०७५ २०:०३

Yamaha

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

साफ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश, बंगलादेश २-० गोल अन्तरले पराजित

कञ्चन अधिकारी

बंगलादेश (ढाका) — साफ च्याम्पियनसिप २०१८ को समूह 'ए' अन्तर्गतको लिगको अन्तिम खेलमा बंगलादेशलाई २-० गोल अन्तरले हराएर समुह विजेता हुँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको छ ।

नेपालका लागि विमल घर्ती मगर र नवयुग श्रेष्ठले गोल गरेका थिए। बिमलले ३३ मिनेटमा र नवयुगले ८९ औं मिनेटमा गोल गरेर नेपाली टोलीलाई जित दिलाएका थिए ।

नेपालले सेमिफाइनल यात्राको लागि नेपाललाई जित्नै पर्ने आवश्यकता थियो। पाकिस्तानले आजै भएको खेलमा भुटानलाई ३-० ले हराएपछि नेपाललाई जित्नै पर्ने दबाब परेको थियो।

नेपालसँगै पाकिस्तानले पनि सेमिफाइनलको यात्रा तय गरेको छ भने आयोजक राष्ट्र बंगलादेश र भुटान बाहिरिएका छन्।

नेपालको लाइन अप : किरण लिम्बू, सुमन अर्याल, आदित्य चौधरी, अनन्त तामाङ, दिनेश राजवंशी, सुजल श्रेष्ठ, सुनिल बल, निराजन खड्का, रोहित चन्द, भरत खवास, विमल घर्तिमगर।

प्रकाशित : भाद्र २३, २०७५ १८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT