कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजधानीमा नाडा अटो सो

तस्बिर : इलिट जोशी

काठमाडौँ — राजधानीको भृकुटीमण्डपमा मंगलबारबाट नाडा अटो सो सुरु भएको छ । अर्थमन्त्री युवराज खतिवडाले अटो सोको उद्घाटन गरेका छन् ।

प्रदर्शनीमा विभिन्न ब्राण्डका कार तथा मोटरसाइकलहरु राखिएको छ । अवलकाेनकर्ताहरुले अटो मोबाइल सम्बन्धि जानकारी लिनका लागि पनि अटो सो उपयुक्त हुने विश्वास गरिएको छ ।

यसपालीको नाडा अटो साे विद्युतीय सवारीमा केन्द्रित हुने नाडाका उपाध्यक्ष कृष्ण दुलालले बताए । ६ वटा ब्राण्डले आफ्ना विद्युतीय सवारी प्रदर्शनीमा राखिएका छन् । अटाे साेमा ७१ कम्पनीका १ सय ३४ स्टल राखिएका छन् । ती मध्ये १९ वटा चारपांग्रे, २० दुई पांग्रे सवारीका र ३४ स्टल भने सवारी साधनसँग सम्बन्धित स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स र टायरलगायतका छन् ।

साेमा सडक सुरक्षासम्बन्धी चेतना जगाउने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गर्ने दुई वटा स्टल छन् । यातायात क्षेत्र नेपालमा सबैभन्दा बढी कर तिर्ने क्षेत्र पनि हो ।

अटाे साेकाे टिकट किनेका अवलोकनकर्ता मध्येबाट चिठ्ठामार्फत् हरेक दिन एउटा मोबाइल प्रदान गर्ने योजना उपाध्यक्ष दुलालले बताए ।

प्रकाशित : भाद्र २६, २०७५ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्