नेपाल सम्वत्‌को पर्वतमा भव्य स्वागत

अगन्धर तिवारी

पर्वत — ११ सय ३८ वर्षअघि शंखधर साख्वाले काठमाडौं खाल्डोका विपन्न समुदायको ऋणमोचन गरेको दिनलाई उतिबेला नेवार समुदायका सर्वसाधारणले उत्सवका रुपमा मनाए । त्यही दिनदेखि नयाँ वर्षको रुपमा मनाउँदै आएका नेवारी समुदायले अहिले पनि गोवर्धन पूजा (म्हपुजा) को दिनलाई नयाँ वर्षका रुपमा मनाउँदै अाएका छन् ।

काठमाडौं र भक्तपुरबाट बसाई सरि पर्वत आएका नेवारी समुदायले आज नेपाल सम्वत् ११३९ औं नयाँ वर्षको स्वागत गरिएको स्थानीय अगुवा बिष्णु नेवारले बताए। नेवास् देय् दबु जिल्ला कार्यसमितिको अगुवाइमा बिहानैदेखि कुश्माका नेवार समुदायले नयाँ वर्ष मनाएका हुन्।

Yamaha

नेवास् देय् दबुका जिल्ला अध्यक्ष समेत रहेका बिष्णु नेवारका अनुसार बिहान सबेरै उठेर नुहाइधुहाइपछि घरघरबाट कलश र घडासहित नेवारी पोशाकमा किशोरीलाई अघि लगाएर घरबाहिर निस्किनुपर्छ।
हरेक घरबाट कलशसहित बाहिर निस्किएका नेवार समुदाय कुश्माकै भिमसेन मन्दिरमा भेला हुन्छन्। मदिरमा सबै भेला भएपछि सामुहिक प्रभातफेरी हुन्छ। बाटोमा भेटिएकाजति सबैलाई ‘न्हुँ द या भिन्तुना’ भन्दै खुशी साटासाट गर्ने चलन छ। सामुहिक प्रभातफेरीले बजार परिक्रमा गरिसकेपछि एकै ठाउँमा भेला भएर अगुवाले नयाँ पुस्तालाई शंखधर साख्वा र नेवारी इतिहासबारे प्रस्ट्याउँछन्।

त्यसबेला नेवारी पोशाक र संस्कृति अनि नेपाल सम्बतका १२ वटै महिना र वर्षभरिको महत्वबारे बुझाउँछन्। १२ औंशीको एक वर्ष मनाइने नेपाल संवत्मा वर्षभरिका हरेक दिनको छुट्टाछुट्टै महत्व हुने अगुवा सिपी श्रेष्ठले बताए।
आजै साँझ म्हपुजा अर्थात आत्मपुजा गर्दा वर्षभरिका १२ महिनाको महत्व झल्किनेगरि सामाग्री जुटाएर आत्म शुद्ध गर्ने चलन छ। आज गरेको म्हपुजाले वर्षभरि गरेको जुठोलाई शुद्ध बनाउन सकिने जनविश्वास छ।

प्रकाशित : कार्तिक २२, २०७५ १२:४९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दीपावली गर्दा सर्लाहीमा दुई बालकको मृत्यु

रासस

सर्लाही — सर्लाहीको मलंगवामा करेण्ट लागेर एक बालकको मृत्यु भएको छ । त्यस्तै ब्रहम्पुरी गाउँपालिकामा गाडीभित्रै जलेर एक बालकको मृत्यु भएको छ । 

दीपावलीको लागि घरमा लगाइएको बत्तीको प्लग जोड्ने क्रममा मलंगवा–१० निवारी नरेश साहको सात वर्षीय छोरा निसान्तको करेण्ट लागेर मृत्यु भएको हो ।

त्यस्तै ब्रहम्पुरी गाउँपालिका–७ नोकैल्वामा गाडीभित्रै दीपावलीको अवसरमा मैनबती बालेर सोही गाडीमै राखेर सुतेको अवस्थामा रामलाल रायको १२ वर्षीय छोरा धनिकलालको जलेर मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।

प्रकाशित : कार्तिक २२, २०७५ १२:०२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT