कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँभरि रेलिङसहितका पक्की गोरेटो बाटो [फोटोफिचर]

शब्द/तस्बिर : बलराम घिमिरे

रसुवा — नमुना गाउँ बनाउने अभियानसहित उत्तरगया गाउँपालिका ३ ठूलोगाउँको पैरेटोमा रेलिङसहितको पक्की गोरेटो बाटो निर्माण गरिएको छ । गाउँमाझमा पक्की गोरेटो बाटो बनेपछि स्थानीयमा खुसी छाएको छ । आधुनिक गोरेटो बाटोले वृद्धवृद्धा, बालबालिका लगायतलाई सजिलो भएको उत्तरगया गांउपालिका ३ का अध्यक्ष लालबहादुर तामाङले बताए ।

गोरेटो बाटोको दायाँबायाँ रोपिएका फूलका बिरुवाले गाउँलाई सुन्दर बनाएको छ । गाउँ सफा राख्नलाई ठाउँ ठाउँमा डस्बीन पनि राखिएको छ ।

स्पेनिस तथा अमेरीकन रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाले भूकम्प प्रतिकार्य कार्यक्रमअन्तर्गत गोरेटो बाटो निर्माण गरेको जिल्ला शाखा रसुवाका सभापति बावुलाल तामाङले बताए । उनका अनुसार उत्तरगया गांउपालिका–३ ठुलोगाउँ पैरेटोलको पुच्छारदेखि सिरान टोलसम्म रेलिङसहितको बनाइएको पक्की गोरेटो बाटोको लम्बाइ ५ सय ७५ मिटर छ ।

स्थानीयवासीले प्रसिद्ध धार्मिकस्थल भुमेस्थानसम्म पुग्नका लागि थप गोरेटो बाटो निर्माणमा सहयोग गरी दिन रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवालाई अनुरोध गरेका छन् । ठूलोगाउँमा करिब ९० प्रतिशत गुरुङ समुदायको बसोबास छ ।


प्रकाशित : मंसिर ५, २०७५ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्