कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आहा ! हिमाल [फोटोफिचर]

शब्द/तस्बिर : बलराम घिमिरे

रसुवा — आँखै अगाडि चारैतिर दर्जन बढी हिमाल देख्न पाउँदा कसको मन नलोभिएला र ? पाँच हजार मिटर उचाइमा रहेको चेर्को रीबाट एक दर्जनभन्दा बढी हिमाल अवलोकन गर्न सकिन्छ । चेर्को रीबाट देखिने हिमालको मनमोहक दृश्यले आनन्द आउँछ । क्यान्जिनबाट चेर्को री पुग्न करिब ४ घण्टाको उकालो चढ्न पर्दछ । हिमाली दृश्यले उकाले चढ्दाको थकाइ नै भुलिन्छ ।

सफा मौसम हातैले छोइएला झैं निलो आकाश त्यहाँबाट देखिने दृश्यको वर्णन गरेर साध्य छैन । चेर्को री पुगेका स्पेनिस नागरिक मार्ता रोहरले भनिन्, 'हिमाल हेर्न पाउँदा आनन्द लाग्यो ।' नजिकैबाट यति धेरै हिमाल हेर्न अन्त कतैबाट पाइँदैन । उनले सुनाइन् स्वर्गको टुक्रझैं लाग्यो ।

लाङटाङ पदमार्गमा जाने अधिकांश पर्यटकहरु चेर्को री चड्ने गर्दछन् क्यान्जिनका होटल व्यावसयी कर्मा तामाङले बताए । उनले भने, 'नजिकैबाट हिमाल एक दर्जनभन्दा बढी हिमाल देख्न सकिन्छ । चेर्को री पुगेका पर्यटकहरुले लाङटाङ लिरुङ, झाङ्बु, किम्सुङ, छेर्पा छे, याङ्जी तेन्जी, युब्रा, मरिमटो, सिसापाङमा, लाङटाङ री, पेम्दङकर्पु, पाङरी गुल्दुम हिमालको अवलोकन गर्न सक्दछन् ।' त्यस्तै गुरकार्पो, दोर्जे लाक्पा, उर्केमा, लाङसिसारी, फायु देप्के, गाङक्षेम्बा, गन्जला चुली र नयाँगाङ हिमाल हेर्न पाउँछन् । हिजोआज दैनिक ६० देखि ७० जना विदेशी पर्यटकले लाङटाङ घुम्ने गर्छन् ।

प्रकाशित : मंसिर ६, २०७५ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्