कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आदित्यनाथको सम्मानमा भव्य भण्डाराको तयारी [फोटोफिचर]

अजित तिवारी

जनकपुर — भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सम्मानमा प्रदेश २ को सरकारले भव्य भण्डारा(दिवाभोज)का लागि तयारी गरिरहेको छ ।

जनकपुर चुरोट कारखानामा रहेको प्रदेश सरकारको सचिवालयको फुटबल मैदानमा भण्डाराका लागि भव्य पन्डाल र स्टेजको निर्माण भइरहेको छ । धार्मिक झल्को दिने केसरिया र रातो रंगको कपडा पन्डालमा प्रयोग गरिएको छ ।

आदित्यनाथ बुधबार जनकपुर आउँदै छन् । राम–जानकी विवाह महोत्सवमा उनी जन्ती बनेर नेपाल आउन लागेका हुन् । त्रेतायुगमा राम–सीताको भएको विवाहको प्रतिकात्मक उत्सवको रुपमा विवाहपञ्चमी मनाइन्छ ।

सीताको माइती जनकपुर र उत्तर प्रदेशको अयोध्या रामको घर हो । यी दुवै सहरबीच त्यति बेलादेखिकै धार्मिक र पारिवारिक सम्बन्ध कायम छ ।

विवाह महोत्सवमा सहभागि हुने उत्तर प्रदेशको मुख्यमन्त्री आदित्यनाथ प्रदेश २ सरकारले आयोजना गरेको भण्डारामा पनि सहभागि हुनेछन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फूयाँलले भण्डाराको तयारी अन्तिम चरणमा पुगेको बताए । उनले भण्डारामा करिव १ हजार ५ सय व्यक्तिको सहभागिता रहने जनाए ।

तस्बिरहरुः अजित तिवारी/कान्तिपुर

प्रकाशित : मंसिर २४, २०७५ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्