कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ वर्षको स्वागतमा गुरुङ समुदाय [फोटोफिचर]

तस्बिर : इलिट जोशी/कान्तिपुर

काठमाडौँ — देश, विदेशमा रहेका गुरुङ समुदायले आइतबार 'तमु ल्होसार’ चाड मनाइरहेका छन् । पुरानो वर्ष कुकुर वर्ग 'खि' ल्होलाई बिदाइ गरी नयाँ वर्ष 'फो' ल्हो मृग वर्गको स्वागत गरिएको छ ।तमुहरुमा हरेक वर्षको पुस १५ गते ल्हो फेरिने परम्परा छ । 'ल्हो' को अर्थ वर्ष र 'सार' को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई 'तमु ल्होछार' भनिएको गुरुङ समुदायको विश्वास छ ।

नयाँ वर्षको अवसरमा काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङहरुले टुँडिखेलमा सामूहिक ल्होछार कार्यक्रम आयोजना गरेका छन् । तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद् ल्होछार मूल आयोजक समितिले आयोजना गरेको विशेष समारोह प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका छन् । कार्यक्रममा गुरुङ समुदायका सांस्कृतिक झाँकी प्रस्तुत गरिएको छ ।

'तमु ल्होसार' पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।


प्रकाशित : पुस १५, २०७५ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्