कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोरङमा ९ सय ३८ बिरामी

हात्तीपाइले रोग
कान्तिपुर संवाददाता

काठमाडौँ — जिल्लामा हात्तीपाइलेका ९ सय ३८ बिरामी रहेको जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ । खुट्टा सुनिएको २ सय ६, हाइड्रोसिल भएको ७ सय ८ र हात, स्तनलगायत शरीरको अन्य भागमा हात्तीपाइले रोग लागेका २४ रहेको जिल्ला जनस्वास्थ्य प्रमुख चन्द्रदेव मेहताले बताए । 

मोरङमा ९ सय ३८ बिरामी

उनका अनुसार जिल्लास्थित हात्तीपाइलेका रोगी सबभन्दा बढी रतुवामाई नगरपालिकाामा खुट्टा सुनिएका ३४, हाइड्रोसिल भएका २ सय ३५ र अन्य ६ गरी २ सय ७५ र सबैभन्दा कम लेटाङमा खुट्टा सुनिएको १ र हाइड्रोसिल भएका २ जना छन् । सुनवर्षीमा खुट्टा सुनिएका ५६, हाइड्रोसिल १ सय २७ र अन्य ६ गरी १ सय ३९, जहदा गाउँपालिकामा खुट्टा सुनिएका १२, हाइड्रोसिल १ सय २९ र अन्य २ जना रोगी रहेको उनले सुनाए ।

यस्तै, रंगेलीमा १ सय ६, विराटनगर महानगरपालिकामा १८, बेलबारीमा १७, सुन्दरहरैंचामा ४, ग्रामथानमा २२, धनपालथानमा ६४, कटहरीमा ३९ र कानेपोखरीमा ५८ हात्तीपाइलेकाा रोगी रहेको उनले बताए । हात्तीपाइले रोग उन्मूलनका लागि जिल्लामा हालसम्म ६ पटक औषधि खुवाइसकेका छन् भने फागुन १२, १३ र १४ गते पुन: खुवाइने अभियान सञ्चालन भइरहेको प्रमुख मेहताले बताए ।

उनले उक्त अभियानअन्तर्गत २ हजार ७ सय ८९ केन्द्रबाट ४ सय ९९ स्वास्थ्यकर्मी र ४ हजार ४ सय ७ स्वयंसेवक जिल्लाका कुल ८ लाख ६९ हजार १ सय ९९ जनालाई औषधि खुवान परिचालन गर्ने योजना रहेको सुनाए । गर्भवती, सुत्केरी भएको ७ दिनसम्म, दीर्घरोगी, २ वर्ष उम्मेरसम्मका बालबालिका, ७० वर्ष उमेरमाथिका व्यक्तिलाई औषधि नखान र नखुवाउन सबैलाई आग्रह गरे । यो सरुवा रोग भएको र शरीरलाई कुरुप बनाउने भएकाले अन्य व्यक्तिहरूलाई केही खानेकुरा खाएपछि औषधि सेवन गर्न उनले आग्रह गरे ।


अगुवालाई औषधि

दमक– मोरङको उर्लाबारी नगरपालिकाले यस वर्ष सामाजिक अगुवाहरूको नेतृत्वमा हात्तीपाइले (फाइलेरिया) रोगको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत नगरपालिकाले फागुन १२, १३ र १४ गते नगरभित्र हात्तीपाइलेको औषधि खुवाउन लागेको छ । हात्तीपाइले रोगको औषधि शिक्षित वर्गले नै नखाने गरेकोले यसपटक सामाजिक अगुवाकै नेतृत्वमा अभियान सञ्चालन गर्न लागेको नगर स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाले हात्तीपाइले रोग र यसका विविधि पक्षबारे शनिबार सरोकारवालासँग छलफल गरेको छ । औषधि खुवाउनका लागि नगरभित्र २ सय ४९ जना स्वास्थ्य स्वयंसेवक परिचालन गर्ने शाखा प्रमुख तोया घिमिरेले बताए ।

प्रकाशित : फाल्गुन ७, २०७४ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?