कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन महिने बजेटले समृद्धिको ढोका खोल्छ: मुख्यमन्त्री राई

प्रदीप मेन्याङ्बो

धरान — प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आगामी तीन महिनाका लागि प्रदेश सरकारले ल्याउने बजेटले प्रदेशको वास्तविक समृद्धिको ढोका खोल्ने बताएका छन् ।

तीन महिने बजेटले समृद्धिको ढोका खोल्छ: मुख्यमन्त्री राई

उनले जनताले समृद्धि र विकाससँगै स्थायित्व चाहेकाले सोही अनुसार सरकारले समृद्धिको ढोका खोल्ने बजेट ल्याउने तयारी गरेको बताए । धरानमा शुक्रबारदेखि सुरु भएको भोजपुर सुनसरी सेवा समाजको दोस्रो अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री राईले संघीयताको अभ्यास र विकाससँगै अगाडि बढ्ने बताए ।


मुख्यमन्त्री राईले भने, ‘संघीयतामा आर्थिक संमृद्धिका लागि विभिन्न क्षेत्रका विज्ञहरुसँग राय, सुझाव लिने काम भइरहेको छ । वैशाख, जेठ र असार गरी तीन महिना लागि विनियोजन हुने एक अर्ब २ करोड रुपैयाँको बजेट आगामी आर्थिक वर्षका लागि कोशेढुङ्गा हुने छ ।’


प्रकाशित : चैत्र २३, २०७४ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?