कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शान्ति निकेतनलाई राष्ट्रपति शिल्ड

इलाम — पाँच स्वर्ण जित्दै रोङ गाउँपालिका स्थित शान्ति निकेतन माविले दशौं राष्ट्रपति रनिङ शिल्डमा कब्जा जमाएको छ । जिल्लाका ४३ वटा बिद्यालयलाई पार्दै शान्ति निकेतनले रनिङ शिल्ड जितको हो । शान्ति निकेतनले पाँच स्वर्ण, चार रजत र एक कास्य पदक हात पारेको हो ।

शान्ति निकेतनलाई राष्ट्रपति शिल्ड

प्रतियोगितामा पाँच स्वर्ण, एक रजत र दुई कास्य पदक गरी आठवटा पदक सहित इलाम नगरपालिका १ साखेजुङको बिबी मेमोरीयल बोडीङ स्कूल दोस्रो भएको छ । तीन स्वर्ण, दुई रजत र दुई कास्य पदकसहित इलाम नगरपालिका ५ को बरबोटे माविले तेस्रो पुरस्कार हात पारेको छ । प्रतियोगितामा एथ्लेटिक्स अन्तर्गत पन्ध्र बिधा, मार्सल आर्ट सम्बन्धि तीनवटा विधा र छात्रा र छात्र भलिवल प्रतियोगिताको आयोजना गरिएको थियो ।

दुईवटा निर्वाचन क्षेत्रमा आयोजित क्षेत्रस्तरका प्रतियोगिताबाट छनौट भएर आएका खेलाडीले जिल्ला स्तरमा प्रतिष्पर्धा गरेका हुन् । जिल्ला स्तरमा भएका खेलहरूबाट ८२ जना खेलाडी पूर्वाञ्चलस्तरीय प्रतियोगिताका लागि छनौट भएको आयोजक जिल्ला खेलकुद बिकास समितिकी कार्यलय सचिब अमृता घिमिरेले बताइन् । प्रतियोगितामा बिजयी खेलाडिहरूलाई प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पुरस्कार तथा प्रमाण पत्र बितरण गरे । ३ दिनसम्म चलेको प्रतियोगिताको समापनमा आयोजकले जिल्लाका बिभिन्न खेलका ५ जना प्रशिक्षक र १३ जना खेलाडीलाई प्रशंशा पत्र प्रदान गरेको छ ।

सम्मानीत प्रशिक्षकमा योगेश चाम्लिङ, खेम थापा, मानवहादुर राई, बुद्धि भूजेल, र धमेन्द्र गुरुङ छन् । त्यस्तै खेलाडीमा शान्ता खवास, गणेश श्रेष्ठ, अस्मिता एक्तेन, बिमल नेम्वाङ, प्रिति बस्नेत, भेषराज राई, दिपेश घिमिरे, जानुका खवास, संगम तामाङ, पुष्पा पुलामी मगर, फुङलेली तामाङ, बिनोद निरौला र चन्द्र लिम्वुलाई प्रशंसा पत्र प्रदान गरिएको हो ।

प्रकाशित : चैत्र २९, २०७४ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?