कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बम पड्काएकाे आराेपमा विप्लवका कार्यकर्ता पक्राउ

डिल्लीराम खतिवडा

उदयपुर — सातायता उदयपुर भएका दुई वटा बम विष्फोटनका घटनामा संलग्न भएकाे अाराेपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । 

बम पड्काएकाे आराेपमा विप्लवका कार्यकर्ता पक्राउ

पक्राउ पर्नेहरुमा ३५ वर्षीय पूर्ण तामाङ र ४० वर्षीय जनक श्रेष्ठ रहेका छन् । तामाङलाई रामपुर र श्रेष्ठलाई सदरमुकाम गाईघाटबाट पक्राउ गरिएको उदयपुर प्रहरीका सूचना अधिकृत मनप्रसाद श्रेष्ठले बताए । उनीहरु दुवैजना नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ।


आइतबार त्रियुगा नगरपालिकाको चुहाडेस्थित क्रसर उद्योग र बुधबार सदरमुकाम गाईघाटस्थित हावई फिल्डमा बम विष्फोटन भएको थियो । हावई फिल्डको विष्फोटनमा् १४ वर्षीय बालक पारस राई गम्भीर घाइते भएका थिए । घाइतेको विराटनगरस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।


तामाङ र श्रेष्ठ दुवैलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

प्रकाशित : चैत्र २९, २०७४ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?