गाउँगाउँमा सिरुवा उत्सव

अर्जुन राजवंशी

बिर्तामोड (झापा) — बैशाख १ देखि सुरु भएको सिरुवा पर्व आदिवासी राजवंशी जातिले हर्षोल्लासका साथ मनाइरहेका छन् । जिल्लाको दक्षिणी भेगका गाउँहरु सिरुवामय बनेका छन् ।

सिरुवा पर्वमा नृत्य प्रस्तुत गरिदै । तस्बिर : अर्जुन राजवंशी/कान्तिपुर 

राजवंशी जातिले प्रमुख चाडको रुपमा बैशाख १, २ र ३ गते सिरुवा पर्व मनाउछन् । पर्वका अवसरमा ठाकुरबिसरी, ठाकुरब्रह्माणी, घाटोसरीसहित कूल देवीदेवताको पूजा गर्ने चलन छ ।

Yamaha

यो जातिले सिरुवा पर्वको पहिलो दिन अर्थात बैशाख १ गते ‘पानी सिरुवा’, २ गते ‘काद सिरुवा’ र ३ गते ‘रंग सिरुवा’ खेलेर मनाएको छ । वर्षभरी शितलता प्राप्त होस् भन्दै आपसमा पानी छ्यापेर पानी सिरुवा, माटोको पूजा गर्दै हिलो बनाएर आपसमा दल्ने र बिभिन्न रंग लगाएर वर्षभरीका दिनहरु रंगिन र खुसीमय बनुन् भन्ने कामना गर्दै रंग सिरुवा खेल्ने चलन रहेको भरुवा राजवंशीले बताए ।

आपसमा भातृत्वको सम्बन्धलाई प्रगाढ बनाउन राजवंशी जातिले हर्षोल्लासका साथ सिरुवा पर्व मनाउने गरेको कोचिला गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले बताए ।

पर्वको अवसरमा जिल्लाका पूराना बजारहरुमा सिरुवा मेलाहरु समेत भएका छन् । सिरुवामा राजवंशी जातिले नियमित घर–आँगन लिपपोत गरी सफासुग्घर गर्ने, लुगा–कपडा धुईपखाली गर्ने, कुल देवता, ग्रामथानको नियमित पूजा गर्ने, मिठा परिकार बनाएर खाने तथा सिरुवा खेल्न छिमेकी गाउँहरु र मेला बजार जाने चलन छ । महिलाहरु सिरुवा पर्व सुरु हुन एक सातादेखि परिवारका सदस्यहरुको शरीरमा घाउँ, खटिरा नओस्, वर्षभरी घरपरिवारमा सुख–शान्तिकाे कामना गर्दै गाउँगाउँ घुमेर घाटोसरी गाउने चलन छ ।

प्रकाशित : वैशाख ३, २०७५ १८:१३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पार्टी एकताबारे ओली र दाहालले आन्तरिक गृहकार्य गर्ने

अढाई घण्टा एक्लाएक्लै वार्ता
कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आन्तरिक गृहकार्य गर्ने भएका छन् ।पार्टी एकतामा देखिएका विवाद निरुपण गर्न ओली र दाहालले पार्टीभित्र छलफल गर्ने भएका छन् । एमालेले सोमबार साँझ नै स्थायी कमिटी बैठक बोलाएको छ ।

दाहालले पनि ओलीसँग भएका समझदारी/असमझदारीबारे पार्टीभित्र छलफल गर्ने भएका छन् ।

दुई नेताबीच मंगलबार बिहान पार्टी एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको छ ।

दुई नेताबीचको लामो छलफलपछि पार्टी शिक्षक संगठनको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू पार्टी एकताको पक्षमा प्रतिबद्ध रहेको बताएका थिए ।

एमाले र माओवादी केन्द्रबीच एकीकृत पार्टीको चुनाव चिन्ह, अन्तरिम विधानमा जनयुद्ध शब्द प्रयोग र केन्द्रीय कमिटीको संख्या अनुपातमा सहमति भएको छैन ।

माओवादी केन्द्रले केन्द्रीय कमिटीमा बराबरीको सिद्धान्तसहित जनयुद्ध शब्दको प्रयोग गर्नुपर्ने अडान लिएको छ । उसले सूर्य चिन्हको विकल्प खोज्न सुझाएको छ । एमालेले भने जनयुद्ध शब्दमा सहमति जनाएको छैन भने सूर्य चिन्ह हुनुपर्ने अडान लिएको छ । हैसियतअनुसार अनुपात निर्धारण गर्नुपर्नेमा एमालेको जोड छ ।

प्रकाशित : वैशाख ३, २०७५ १८:०२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT