कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कहिले बन्ला सडक ?

बेदराज पौडेल

विराटनगर — विराटनगर महानगरपालिका भित्रैका सडककै कारण सर्वसाधारणले सास्ती खेप्नुपरेका छन् । वर्षा सुरु हुनुअगावै सडकमा ठूला खाल्डा परेका छन् । बेमौसमी पानीकै कारण हिलाम्मे सडकमा यात्रा गर्नु सर्वसाधारणको बाध्यता छ ।

कहिले बन्ला सडक ?

निर्माणाधीन सडक ठेकेदार कम्पनीकै कारण अस्तव्यस्त छन् । धूलो र हिलोले मुख्य सडकमा हिँड्नै सकस छ । भित्री सडकहरू पनि मर्मत नहुँदा खाल्डा–खुल्डी देख्न सकिन्छ । खानेपानीका पाइप फुटे पनि महिनौं नटालिँदा हिलाम्मे र धुलाम्मेमै दैनिकी चलाउन बाध्य बनेको स्थानीयको गुनासो छ ।

खानेपानी, विद्युत्, ढल निकास र टेलिकमबीच समन्वय नहुँदा सर्वसाधारण मर्कामा परेका छन् । महानगरका मेयर भीम पराजुलीले ठेक्काको म्याद सकिँदा पनि सडक, ढल तथा फुटपाथ निर्माण नभएको भन्दै ठेकेदार कम्पनीहरूलाई ७ दिनभित्र काम सक्न चेतावनी दिएका छन् ।

जोगबनीदेखि धरानसम्मको ६ लेन सडक निर्माण, रानीदेखि ढाटसम्मको १३ किमि क्षेत्र भने वर्षाअगावै नै सकिने सडक आयोजनाको दाबी छ । जीर्ण सडककै कारण सवारी दुर्घटना बढेको छ भने सर्वसाधारणमा श्वासप्रश्वासको असर देखिएको छ ।

प्रकाशित : वैशाख १०, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?