कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नगर फुसको छानो मुक्त बनाइने

धनकुटा — पुस्तौंदेखि फुसको छानोमा बस्दै आएका धनकुटा नगरपालिका ८ पेलेकपाङका कुलध्वज आठपहरिया मंगलबार निकै खुसी भए । हालसम्म फुसको छानोमा सीमित उनी धनकुटा नगरपालिकाले कर्कटपाता वितरण गर्दा यसरी खुसी भएका हुन् ।

नगर फुसको छानो मुक्त बनाइने

धनकुटा नगरपालिकाले नगरलाई फुसको छानो मुक्त बनाउने अभियानअन्तर्गत आवास सहुलियत साझेदारीमार्फत कर्कटपाता वितरण कार्य मंगलबारदेखि सुरु गरेको हो ।


यसै आर्थिक वर्षदेखि सुरु गरिएको ‘आवास सहुलियत साझेदारी कार्यक्रम’ अन्तर्गत नगरपालिकाभित्र मात्र बसोबास गर्ने आठपहरिया जातिलाई प्राथमिकतामा राखिएको जनाइएको छ ।

कार्यक्रमअन्तर्गत अन्य समुदायका एकल, विपन्न, पछाडि पारिएका वर्गलाई समेत समेटिएको नगरपालिका प्रमुख चिन्तन तामाङले बताए । तामाङले भने, ‘हामी नगरभित्र फुसको छानो मुक्त गर्ने अभियानमा जुटेका छौं ।’ आर्थिक अवस्था न्यून रहेका परिवारलाई पहिलो प्राथमिकतामा राखेर अभियान थालिएको उनले बताए । औपचारिक रूपमा पहिलो पटक नगरपालिका वडा ८ अन्तर्गत धनकुटा बजारको अन्तिम बिन्दुमा रहेको घुमाउने चौतारामा विशेष कार्यक्रमका बीच कर्कटपाता वितरण गरेको छ । जसअन्तर्गत पहिलो दिन ६९ परिवारलाई कर्कटपाता वितरण गरिएको छ । नगर क्षेत्रका १ सय ५ परिवारलाई वितरण गरिने भएको छ ।

नगरपालिकाले कर्कटपाता वितरण गर्ने र सम्बन्धित व्यक्तिले छानो छाउने कार्यमा खर्च गर्नुपर्ने भएकोले साझेदारी अवधारणा बनाइएको इन्जिनियर मिङ्मा शेर्पाले बताए । ‘आवास सहुलियत साझेदारी कार्यक्रम’ अन्तर्गत चालु आर्थिक वर्षमा ६० लाख रुपैयॉ विनियोजन गरिएको शेर्पाले जनाए ।पहिलो चरणमा नगर क्षेत्रका १ सय ५ परिवारलाई कर्कटपाता वितरण गरिने उक्त कार्यक्रमअन्तर्गत गरिब, विपन्न, एकल वर्गको सर्वेक्षणमा जुटेका पर्यटन शाखा प्रमुख विकास अधिकारीले बताए ।


१० वडामा रहेको धनकुटा नगरका सबैजसो वडामा आठपहरिया जातिको बसोबास रहेको छ । सर्वेक्षणका आधारमा कर्कटपाता वितरण गरिने १ सय ५ घरधुरीमध्ये अधिकांश आठपहरिया जाति रहेका छन् । यसअन्तर्गत ३ हजार ६ सय ११ थान कर्कटपाता वितरण गरिनेछ ।

प्रकाशित : वैशाख २६, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?