हिमाल आरोहणका क्रममा गाइडको मृत्यु

रासस

सल्लेरी, सोलुखुम्बु — मकालु हिमाल आरोहणका क्रममा मंगलबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुदूधकुण्ड नगरपालिका–८ केरुङका आङ दावा शेर्पा रहेको छ । आरोहणको क्रममा उनलाई लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए ।

प्रतिकात्मक तस्बिर

प्रहरीका अनुसार शेर्पाको मंगलबार बिहान २ बजेतिर लेक लागेर मृत्यु भएको हो । उनी चिनियाँ ग्रुप लिएर संखुवासभा जिल्लामा पर्ने मकालु हिमाल आरोणमा गएका थिए ।

शेर्पाको शव मंगलबार नै हेलिकप्टरमार्फत तेञ्जिङ हिलारी विमानस्थल लुक्ला हुँदै काठमाडौं लगी शव परीक्षणका लागि शिक्षण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ १, २०७५ २०:१८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सैन्य कूटनीतिमा सेनाको सक्रियता

सैन्य कूटनीति पनि कूटनीति सञ्चालनको एक महत्त्वपूर्ण पाटो हो, यसमा सहकार्य गरेर अघि बढ्न आवश्यक छ–  विष्णु लम्साल, रक्षा सचिव
सेनाका आफ्नो तवरको सक्रियता/तौरतरिका हुन्छ । तर सबै विषय सरकारको निर्देशनभित्र रहेर नै हुन्छ– गोकुल भण्डारी, प्रवक्ता, नेपाली सेना
चन्द्रशेखर अधिकारी

काठमाडौँ — नेपाली सेनाले पछिल्लो समय सैन्य कूटनीतिमा जोड दिएको छ । विकास परियोजना, हतियार तथा सैन्य सामग्री खरिदमा लबिइङ, शान्ति सेनामा नेपालको बलियो उपस्थितिलगायतले नेपाली सेना सैन्य कूटनीतिमा बढी सक्रिय भएको देखिएको हो ।

नेपालतर्फ हुने सबैखालका कूटनीतिक एवं राजनीतिक भ्रमणमा सेनाको चासो रहने गरेको छ। कतिपय भेटघाट सेनासँग छुट्टैसमेत हुने प्रचलन छ। यहीकारण कूटनीतिमा बढी अग्रसर भएको देखिएको सेनाका अधिकारीहरूले बताए।

सैन्य कूटनीति परराष्ट्र नीतिकै एक पाटोका रूपमा रहेको भनिए पनि समग्र कूटनीतिमा यसको प्रभाव रहन्छ। ‘ट्रयाक टु डिप्लोम्यासी’ कूटनीतिको एक पाटो हो यसैमा अडेर सैन्य कूटनीतिले मुलुकलाई संकटबाट जोगाएका उदाहरण छन्। तर यसको व्यवस्थापन हुन नसके समस्या निम्तिने अधिकारीहरू बताउँछन्।

प्रधानसेनापति राजेन्द्र क्षत्रीको तीनदिने पाकिस्तान भ्रमण पनि दक्षिण एसियाली मुलुकहरूको भ्रमण गर्ने नीतिअनुरूप भएको हो। सेनाले यो भ्रमणबारे परराष्ट्रलाई जानकारी गराएको बताएको छ। सबै भेटघाटपछि प्रेस नोटसमेत जारी गर्ने गरिएको र यसलाई फरक ढंगले बुझ्न नहुने सेनाको भनाइ छ।

नेपालतर्फ हुने भ्रमण तथा भेटघाट पनि रक्षा र परराष्ट्र मन्त्रालयको जानकारीमा नै हुने गरेको भन्दै सेनाले नेपालको कूटनीतिक मर्यादामा अडेर कूटनीतिलाई सहजीकरण गर्नकै लागि भएको बताएको छ। भेटमा भएका विषय बाहिर नल्याइने र त्यसको जानकारीसमेत परराष्ट्र एवं रक्षालाई नदिइने उल्लेख गर्दै परराष्ट्र अधिकारीहरूले यसमा सेना सचेत हुनुपर्ने बताए।

प्रधानसेनापति कंगो र दक्षिण सुडान पुगेर फर्केपछि अहिले पाकिस्तान पुगेका छन्। ‘कंगो र सुडान गएको र आएको जानकारी पाएका छौं तर छलफल के भयो भन्नेबारेमा ब्रिफिङ अझै प्राप्त भएको छैन,’ एक परराष्ट्र अधिकारीले भने। कुनै पनि मुलुकमा भ्रमण भएपछि त्यसबारे परराष्ट्र वा रक्षालाई जानकारी दिनुपर्छ। परराष्ट्रका एक अधिकारी भन्छन्, ‘विदेशीझैं गएको र आएको खबर मात्र परराष्ट्र र रक्षाले राख्ने होइन, यसबारेमा जंगी अड्डा सचेत हुनुपर्छ।’

भ्रमणमा भएका सहमतिदेखि अन्य चासोका सबै विषय र विवरण आफूमा रहने सेनाले जनाएको छ। ‘सुरक्षा र अन्य संवेदनशीलताका कारण त्यो विषय बाहिर ल्याइँदैन,’ सेनाका एक उच्च अधिकारीले भने। एक मुलुकको अर्काे मुलुकसँग दुई प्रकारको सम्बन्ध हुन नसक्ने उल्लेख गर्दै ती अधिकारीले भने, ‘मन्त्रिपरिषद्बाट एजेन्डासहित पारित भएर मात्र प्रधानसेनापतिको भ्रमण हुने गरेको छ।’ कूटनीतिमा ट्रयाक फरक रहे पनि लक्ष्य मूल कूटनीतिमा अडेर नै तय गरिने पनि उनले बताए।

‘सेनाका आफ्नो तवरको सक्रियता/तौरतरिका हुन्छ। तर सबै सरकारको निर्देशनभित्र रहेर नै हुन्छ,’ सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारी भने, ‘सेनासँगको सम्बन्धका लागि सेना प्रमुखकै भ्रमण अपरिहार्य हुन्छ। हाम्रो भ्रमण एकोहोरो हुँदैन।’

कुन मुलुकको भ्रमण गर्ने वा नगर्ने भन्ने निर्णय भ्रमणबाट हुने उपलब्धि केलाएर गर्नुपर्ने अर्का अधिकारीले बताए। ‘कसैलाई कुनै मुलुक जान मन लागेमा जाने अनि सैन्य कूटनीति भन्नेजस्तो गरेर हुँदैन,’ उनले भने।

रक्षा सचिव विष्णु लम्सालले सेनाको भ्रमणबारे रक्षा र परराष्ट्र मन्त्रालयलाई विस्तृत जानकारी हुन आवश्यक रहेको र त्यस्तो रहेको आफूले पाएको बताए। ‘सैन्य कूटनीति पनि कूटनीति सञ्चालनको एक महत्त्वपूर्ण पाटो भएको हुनाले यसमा सहकार्य गरेरै अघि बढ्न आवश्यक छ,’ लम्सालले भने।

नेपालका सेना विदेशमा प्रशिक्षण, अध्ययन गर्न मात्र जाँदैनन्, विदेशी सेना पनि नेपालमा अध्ययन गर्न आउने गरेकोबाट पनि नेपाली सेनालाई कूटनीतिमा बल पुगेको हो। कतिपय संयुक्त अभ्यास पनि यसको अर्को पाटो हो।

नेपाली सेना, रक्षा र परराष्ट्र मन्त्रालयबीच समन्वय गर्ने गरी संयन्त्र बनाएर कूटनीति अघि बढाउन आवश्यक रहेको भनिए पनि त्यसअनुरूपको काम हुन सकेको छैन। यस्तो संयन्त्र नहुँदा बाहिर नकारात्मक सन्देश गइरहेकाले सेनासमेत यसमा सचेत हुनुपर्ने अधिकारीहरूले बताए।

सैन्य भ्रमणका समयमा निकै संवेदनशील विषयमा समेत छलफल हुने हुँदा सबै विषय बाहिर सार्वजनिक गर्न आवश्यक नपरे पनि ती विषय राज्यको निकायमा फाइलिङ भएर रहनुपर्ने परराष्ट्र अधिकारी बताउँछन्।

सैन्य भ्रमणमा भएका छलफलका एजेन्डा र उठेका विषयवस्तुसम्बन्धी विस्तृत प्रतिवेदन पेस गर्नुपर्ने भए पनि त्यसो गरिएको हुँदैन। सेनालाई मागनिर्देश गर्ने काम रक्षा मन्त्रालयको नै हुनुपर्ने धारणा अधिकारीहरूको छ।

विश्वमा कूटनीतिको अधिकतम हिस्सा सैन्य कूटनीतिले ओगटेको हुन्छ। प्रतिरक्षा कूटनीतिका रूपमा पनि यसलाई व्याख्या गरिन्छ। शान्ति सेनामा नेपाली सेनाको हिस्सा बढी नै भएकाले पनि सैन्य कूटनीतिको फाइदा नेपालले लिन सक्नुपर्ने अधिकारीहरू बताउँछन्।

रक्षामन्त्री ईश्वर पोखरेलले पनि सेनालाई सबल र प्रविधियुक्त बनाएर अघि बढाउने र विकास कार्यमा सक्रिय पार्ने बताउँदै आएका छन्। उनले सेनाका माध्यमबाट पनि कूटनीतिक लबिइङ भइरहेकामा यसलाई अब्बल बनाउनेतर्फ उनले चासो देखाउँदै आएका छन्।

पछिल्लो समय नेपाली सेना सैन्य डिल गरेर सहायता भित्र्याउनेदेखि उच्चस्तरीय भ्रमण गराउनेसम्ममा सक्रिय बन्ने गरेको छ। कूटनीतिक भेटघाटदेखि भ्रमणमा समेत सेना सक्रिय देखिएको हो।

कूटनीतिक नियोग र संयुक्त राष्ट्रसंघमा नेपाली सेनाको उपस्थितिमार्फत आफ्नो क्षमता कूटनीतिक क्षेत्रमा बढी सक्रिय बनाउन लागेको छ। भारत, चीन, अमेरिका, बेलायत, बंगलादेश तथा पाकिस्तानका नेपाली दूतावासमा सेनाका सहचारी रहने गरेका छन्। दोस्रो विश्वयुद्धपछि बेलायतबाट नेपालले सैन्य सहचारी राख्ने काम आरम्भ गरको हो।

रूसमा भने केही वर्षदेखि उक्त पद कटौती गरिएको छ। त्यस्तै राष्ट्रसंघस्थित स्थायी नियोगमा सुरक्षा सल्लाहकारका रूपमा सेनाको सहायक रथी रहने गरेका छन्, जसले गर्दा सैन्य सहकार्य र कूटनीतिमा बल पुगेको छ।

प्रकाशित : जेष्ठ १, २०७५ २०:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT