कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घूससहित शिक्षा प्रमुख पक्राउ

सुनसरी — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विहान सुनसरीका जिल्ला शिक्षा समन्वय समितिका प्रमुख खगेन्द्र सुवेदीलाई घूस लिएको आरोपमा पक्राउ गरेको छ । 

घूससहित शिक्षा प्रमुख पक्राउ

सेवाग्राहीबाट ५० हजार रुपैया घुस लिदै गर्दा पक्राउ गरिएको इटहरीस्थित आयोगको क्षेत्रीय कार्यालयका प्रवक्ता नरेन्द्र भट्टराईले बताए ।


सुवेदीलाई बिहान साढे ८ बजेतिर निवासबाटै टोलीले नियन्त्रणमा लिएको हो ।


प्रवक्ता भट्टराईका अनुसार सुनसरीको एक आधारभूत विद्यालयको शौचालय र पर्खाल निर्माणका लागि जिल्ला समन्वय समितिबाट आर्थिक सहयोग उपलब्ध गराए बापत् सुवेदीले उक्त रकम लिएका थिए ।

प्रकाशित : जेष्ठ ९, २०७५ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?