कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

औद्योगिक क्षेत्रलाई सहयोग हुन्छ : प्रधानमन्त्री

विराटनगर — मुलुकमै पहिलोपटक उद्योग स्थापना भई विस्तार भएको विराटनगरका उद्योगी–व्यवसायीले नयाँ सरकार बन्नासाथ सरकारका विभिन्न निकाय हुँदै अर्थमन्त्री र प्रधानमन्त्रीसम्मलाई आफ्ना माग राख्दै आएका छन् ।

औद्योगिक क्षेत्रलाई सहयोग हुन्छ : प्रधानमन्त्री

औद्योगिक क्षेत्रको विकास, आयात निर्यातमा देखिने समस्या निराकरण, उद्योगहरूलाई सहुलियत, पूर्वाधार विकासजस्ता कुरामा ध्यानाकर्षण गराउँदै उनीहरूले औद्योगिक विकासका लागि ठोस नीति ल्याउन माग गर्ने गरेका छन् । यसैको निरन्तरतामा शनिबार उद्योगी–व्यवसायीले प्रधानमन्त्री केपी ओलीसमक्ष आफ्ना समस्या राख्दै प्रदेश र मुलुककै विकासका लागि महत्त्वपूर्ण हुने क्षेत्रहरूमा लगानी बढाउन आग्रह गरे ।

विश्वप्रसिद्ध हिमशृंखला भए पनि आवश्यक पूर्वाधार नहुँदा सोचेजस्तो फाइदा लिन नसकिएको भन्दै उनीहरूले यसमा लगानी गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । प्रधानमन्त्री ओलीले अब राजनीतिक अस्थिरता अन्त्य भएको र आर्थिक विकासका लागि सरकार लागिपरेको उल्लेख गरे । औद्योगिक क्षेत्रको विकासका लागि सरकारले गर्नुपर्ने काम सहज रूपमा गर्ने आश्वासन पनि प्रधानमन्त्रीले दिए ।

‘प्रतिस्पर्धी बन्नुहोस्’
प्रधानमन्त्री केपी ओलीले भारतसँगको व्यापार ‘अत्यन्तै अशोभनीय रूपमा असन्तुलित’ भएको उल्लेख गर्दै स्थानीय उद्योगी व्यवसायीलाई प्रतिस्पर्धी बन्न सुझाव दिएका छन् । मोरङ व्यापार संघ र उद्योग संगठनले शनिबार आयोजना गरेको कार्यक्रममा ओलीले भारतसँग व्यापार सन्तुलन भन्न पनि नमिल्ने अवस्था रहेको उल्लेख गर्दै आयातीत वस्तुलाई प्रतिस्थापन गर्ने स्तरका उद्योग स्थापना गर्न सुझाए । ‘हामी समृद्ध दुई ठूला मुलुकका बीचमा छौं, कम विकसित मुलुकलाई अन्तर्राष्ट्रिय निकायले आधारमा सहयोग गर्छन्’ ओलीले भने, ‘झन् छिमेकी दुई मुलुकले सहयोग नगर्ने सवाल नै रहँदैन ।’ स्वदेशको व्यापारले भारत र चीनको व्यापारसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था दरहेको भन्दै उनले त्यस्तो
वातावरण निर्माणका लागि आफूले दुई मुलुकका समकक्षीसँग व्यापार सहुलियतको कुरा गर्ने बताए ।

सरकारले उत्पादन वृद्धि र रोजगारीका अवसर सिर्जना गर्ने क्षेत्रमा हुने लगानीलाई पहिलो प्राथमिकता दिएको उल्लेख गर्दै ओलीले त्यस्ता उद्योग स्थापना गर्न सरकारले निजी क्षेत्रलाई सहयायेग गर्ने प्रतिबद्धता जनाए । ‘उत्पादन वृद्धि हुने र रोजगारीका अवसर सिर्जना गर्ने उद्योग खोल्नुस्,
ओलीले भने, ‘सरकारले सक्दो सहयोग गर्छ ।’ आवश्यक नियम कानुन बनाएर निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार रहेको भन्दै उनले तर आयातलाई निरुत्साहित गरी व्यापार घाटालाई न्यूनीकरण गर्न अर्गानिक उत्पादन गर्न सक्नुपर्नेमा जोड दिए ।

प्रकाशित : जेष्ठ २८, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?