कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दर्जन आयोजनाका काम सुस्त

ठेकेदारलाई चेतावनी

संखुवासभा — एक दर्जनभन्दा बढी आयोजनाको काम सुस्त गतिमा भएपछि प्रशासनले ठेकेदारलाई बोलाएर कारबाही गर्ने चेतावनी दिएको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले काम नगर्ने र ठेक्का ओगटेर बस्ने दर्जनबढी ठेकेदारलाई समयमै काम नसके कारबाही गर्ने बताए ।

दर्जन आयोजनाका काम सुस्त

जिल्ला प्रशासनले चिठी काटेर विकास निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई सचेत पनि गराएको तुम्लिङटार सडक डिभिजनले मात्रै लगाएको १८ वटा ठेक्का मध्ये ९० प्रतिशत अलपत्र अवस्थामा छन् । तुम्लिङटार सडक डिभिजनको १२ वटा सडकका काम सुस्त गतिमा छ । यी काम १० देखि ७० प्रतिशतसम्म मात्र भएका छन् । पक्की पुल, भवन र सडक विस्तारमा ढिलाइ गर्ने निर्माण व्यवसायीलाई सचेत गराइएको उनले बताए ।

विकास निर्माणको काम नगर्नेले बहाना बनाउन पाउने छैनन्, उनले भने, असार मसान्तसम्मको प्रगति विवरण हेर्छौं र अघि बढ्छौं । सबै ठेकेदारलाई ढिलासुस्ती नगरी काम गर्न सचेत गराइएको छ । योजना र आयोजना निर्माण कम्पनीको पछिल्लो प्रगतिसहित सम्झौता भएका निकायलाई जानकारी गराइएको र ढिलासुस्ती गर्नेहरूको सूची गृह मन्त्रालयमा पठाइएको प्रजिअ अधिकारीले बताए ।

तुम्लिङटार सडकले नै लगाएका ४ वटा पुलमध्ये २ वटामा शून्य प्रगति छ । कुन्सालिङ निर्माण सेवाले यावारा पुल र पुष्पाञ्जली कन्स्ट्रक्सनले हेवा खोलाको पुल ठेक्का २० महिनाअघि सम्झौता गरेका थिए । टुटे देउराली मुढे चैनपुर सडकमा २० प्रतिशत प्रगति भएको छ । यो याक्थुम्हाङ निर्माण सेवाले ठेक्का लिएको हो । बन्दना कन्स्ट्रक्सनले लिएको ट्राफिक सुरक्षा मामलिङ चैनपुर खाँदबारी सडकमा १० प्रतिशत मात्रै काम भएको छ ।

चैनपुर नगरपालिकाको नुनढाकीको बिहीबारेबाट मादी नगरपालिका जोड्ने यावारामा पर्ने यो पुल महत्त्वपूर्ण मानिन्छ । यो पुल नबनेकै कारण हरेक वर्षको वर्षा याममा स्थानीयलाई वारपारमा समस्या हुने गर्छ । आगामी असोज १३ मा सम्पन्न हुने गरी यो पुल ठेक्कामा लगाइएको थियो । तर, कामको प्रगति भने शून्य छ ।

त्यस्तै चैनपुरको दोभानेबाट पाँचखपनको सुनखानी जोड्ने हेवा खोलाको पुलको पनि प्रगति शून्य छ । पुष्पाञ्जली कन्टक्सनले जिम्मा लिएको यसको म्याद आगामी भदौ २४ मा सम्पन्न हुँदै छ । भोजपुरको षडानन्द र खाँदबारी जोड्ने अरुण नदी माथिको पक्की पुलको काम पनि २६ प्रतिशत मात्र भएको छ । फाउन्डेसनमा समस्या भएको भन्दै ठेकेदारले काम गरेको छैन ।

यहाँ पुल नहुँदा उत्तरी दिङ्लामा खाद्यान्न ढुवानीमा समस्या हुने गरेको छ । टुटे देउराली मुढे सडकको काम २५ प्रतिशत मात्रै भएको छ । यो सडक कोसी राजमार्गअन्तर्गत पर्छ । यहाँबाट चैनपुर हुँदै सदरमुकाम खाँदबारी जोडिन्छ । सरकारले यही सडक मार्फत किमाथांका नाका जोड्ने लक्ष्य राखेको छ ।

प्रकाशित : असार ७, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?