कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हतियारसहित ५ जना पक्राउ

दीपेन्द्र शाक्य

संखुवासभा — प्रहरीले ठूलो परिमाणमा हतियार र गोलीसहित ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरिएको छ ।

हतियारसहित ५ जना पक्राउ

प्रहरी नायव उपरीक्षक श्यामकुमार सारुमगरका अनुसार सिलिचोङ गाउँपालिका-५ वातेम्बाका केदार राई, चिचिला-२ का सुरेन्द्र राई, सिलिचोङ-४ का पूर्णकुमार राई, सिलिचोङ-४ का सूर्यबहादुर राई र भारत बिहारका मोहम्मद मुन्ना खान पक्राउ परेका हुन् ।


उनीहरुको साथबाट ७६५७ राउन्ड यूएसए लेखिएको पेस्तोल, १४ राउन्ड गोली, २ थान म्यागजिन, थ्रीनट थ्री राईफल २ थान, कटुवा पेस्तोल १ थान, त्यसमा प्रयोग गरिने गोलीहरु र विस्फोटक पदार्थ पनि बरामद गरिएको उनले बताए । प्रहरीले राईफलको १० थान गोली, गोलीको खोकाभित्र राखिएको विस्फोटक पदार्थ, तार जडित डेटोनेटर, त्यसको खाली कभर २ थान, एन्टेना जोडिएको सेतो रंगको रिमोट पनि सार्वजनिक गरेको छ ।


भरुवा बन्दुक १ थान र बारुद, सोडा, गन्धकलगायतका पदार्थ पनि भेटिएको उनले बताए ।

प्रकाशित : असार २१, २०७५ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?