कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोहियानी हक माग्नेलाई धम्की

विराटनगर — बाबुको नाममा रहेको मोहियानी हक कायम गरी पाउँ भन्दै भूमिसुधार कार्यालय सुनसरीमा निवेदन दिँदा जग्गावालाका आफन्तले ज्यान मार्ने धम्की दिएका छन् । मोबाइलबाट ३ पटक सन्देश पठाएर धम्क्याएपछि प्रहरीमा निवेदन पुगेको हो ।

मोहियानी हक माग्नेलाई धम्की

सुनसरीको गढीगाउँपालिका ४ मा लक्ष्मी बानियाँको नाममा रहेको कित्ता नं. १७ को ११ कठ्ठा १४ धुरमा बाबु कर्णबहादुर मगरको नाममा रहेको मोहियानी हक पाउँ भन्दै छोरा विनोदले भूमिसुधारमा निवेदन दिएका थिए । निवदेन दिएलगत्तै बानियाँका ज्वाइँ शंकर कार्कीले मगरको मोबाइलमा पटक–पटक ज्यान मार्ने धम्की दिएपछि उनले जिल्ला प्रहरीमा उजुरी दिएका हुन् । प्रहरी उपरीक्षक मनोजकुमार केसीका अनुसार उक्त मुद्दाको छानबिन भइरहेको र पीडक पक्षलाई उपस्थित गराउने प्रयास भइरहेको छ ।

कार्कीले पटकपटक ज्यान मार्ने धम्की दिएपछि सुरक्षा माग गर्दै प्रहरीलाई उजुरी दिएको मगरले बताए । जग्गाधनी बानियाँका कान्छा छोरा गणेशले खेती नलगाउनू भन्दै फोनबाट धम्की दिएको मगरको भनाइ छ । यसैबीच उक्त जमिनका मालिक बानियाँले २०३९ सालमा जालसाजी गरी स्थानीय निकायमा मोहीको लगत कट्टी गरेको पाइएको छ । तत्कालीन छिटाहा गाउँपञ्चायत ६ मा बाहिरका व्याक्तिलाई साक्षी राखी कर्णबहादुरले २५ सय रुपैयाँ लिएर लगत कट्टी गरेको किर्ते कागज बनाएको पाइएको हो ।

कागजमा गाउँका बासिन्दा नभई तत्कालीन विराटनगर १५ निवासी यादव भट्टराई र उद्धवप्रसाद बराललाई साक्षी राखेर मोही कट्टी गरिएको किर्ते कागज निकालेको पाइएको छ । उक्त सिफारिसमा तत्कालीन छिटाहा ४ का वडाध्यक्ष रामचन्द्र महतो र वडासचिव दीपक पौडेलले हस्ताक्षर गरेका छन् ।साढे ३ दशकअघि स्थानीय निकायमा मोही लगत कट्टी गरेको जग्गाधनीले दाबी गरे पनि मालपोत, नापी र भूमिसुधार कार्यालयमा उक्त जमिनको मोहीको लगत कट्टा गरिएको छैन । अभिलेखमा मगर मोही रहेको स्पष्ट उल्लेख छ ।

प्रकाशित : श्रावण ७, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?