कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटन प्रवर्द्धनका लागि पैदलयात्रा

कान्तिपुर संवाददाता

इलाम — पूर्वको धार्मिक पर्यटकीय स्थल पाथिभारा पुग्नु धेरैको मनोकांक्षामा पर्छ । तर पूर्वी पहाडी जिल्ला ताप्लेजुङको उच्च क्षेत्रमा पर्ने पाथिभरा पुग्न निकै ठूलो आँट र तामझाम बटुल्नुपर्छ ।

पर्यटन प्रवर्द्धनका लागि पैदलयात्रा

सुकेटारसम्मको हवाई यात्रा या मेची राजमार्गको नागबेली झैं जेलिएको २ सय ६१ किलोमिटर सडक पार गरेपछि पाथिभरा पुग्नलाई २२ किलोमिटर पदयात्रा गर्नै पर्छ । नियमित नहुने हवाई यात्रा र लामो सडकको गाडी यात्रा मात्र पाथिभराको विकल्प हैन भन्ने उदाहरण पेस गर्न झापाका एक युवक पैदल हिँडेर पाथिभरा पुग्न लम्किएका छन् ।

हल्दीबारी गाउँपालिका १ का २१ वर्षीय नितेश ओलीले बिर्तामोडदेखि ताप्लेजुङको पाथिभरासम्मको २ सय ८३ किलोमिटरको दूरी पैदल यात्राबाट पार गर्ने हिम्मत कस्दै बिर्तामोडबाट इलामसम्मको ८३ किलोमिटरको दूरी पार गरिसेकेका छन् ।

बुधबार बिर्तामोडबाट यात्रा थालेका ओली बिहीबार इलाममा भेटिँदा पानीले निथ्रुक्क थिए । ‘छाता र रेनकोट पनि नओडी हिड्ने योजनाअनुसार निर्धारित समयभन्दा ढिलो इलाम आए,’ उनले भने, ‘पैदल यात्राबाट नै पर्यटन प्रवद्र्धन गर्ने सोचअनुसार निस्किएको हुँ ।’ ७ दिनमा पाथीभरा पुग्ने लक्ष्यमा हिँडेका उनले फिर्दा उही दूरी पार गर्ने लक्ष्य राखेका छन् । ‘धार्मिक पर्यटनको विकासमा पैदल यात्रीको संख्या बढाउन हिँडेर पनि पाथीभरा पुगिँदो रहेछ भन्ने सन्देश दिन खोजेको हुँ ।’पाकाहरूबाट हिँडेर पाथीभरा पुगेको सुनाउने कथाले प्रेरित भएको उनी बताउँछन् । ओली बिर्तामोडको कञ्चनजंघा उच्च माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छन् ।

प्रकाशित : श्रावण १९, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?