कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तरुण दल सुनसरीका उपसभापति विक प्रहरी नियन्त्रणमा

प्रदीप मेन्याङ्बो

सुनसरी — कुटपिटको मुद्दा मिलाउन खोजेको भन्दै कांग्रेसको भातृ संगठन नेपाल तरुण दल सुनसरीका उपसभापति सन्तोष विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले विकलाई शनिबार राति धरान ११ स्थित आफ्नै घरबाट प्रक्राउ गरेको प्रहरीले जनाएको छ । 

तरुण दल सुनसरीका उपसभापति विक प्रहरी नियन्त्रणमा

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेलका अनुसार धरान १३ बस्ने दीपेश थपलियामाथि धरान १६ बस्ने वडासदस्य दीपक आचार्यसहित स्थानीय गोकुल राई र मनोज विष्ट मिलेर कुटपिट गरेको विषयको मुद्दा मिलाउन खोजेकाले विकलाई नियन्त्रणमा लिएको हो ।


जग्गा कारोबारको विषयमा साउन ९ गते आफूमाथि कुटपिट भएको भन्दै पीडित थपलियाले इलाका प्रहरी कार्यालय धरानमा साउन १० गते किटानी जाहेरी दिएका थिए । डिएसपी पौडेलले प्रक्राउ परेका विकमाथि छानबिन भइरहेको बताए ।


प्रकाशित : श्रावण २०, २०७५ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?