कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कारको आरोपमा तीन जना पक्राउ

सुनसरी — इनरुवा बस्ने एक किशोरी बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिका–२ बस्ने १९ वर्षीय राहुल मगर, सोही वडा बस्ने १९ वर्षीय महमद जन्नत मिया र २१ वर्षीय भोला परियार रहेका छन् । 

बलात्कारको आरोपमा तीन जना पक्राउ

मगर, जन्नत र मियाले गत ९ गते राति ९ बजे स्थानीय एक बालिकालाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार इनरुवा नगरपालिका ६ हलेसी चोक उत्तरपूर्वको खेतमा राति अचानक एक किशोरी नग्न अवस्थामा रुदै, कराउँदै चिच्याउँदै भागिरहेको र उनलाई फिल्मी शैलीमा तीन युवाले खेदाउँदै गरेको प्रहरी गस्ती टोलीले देखेपछि ती किशोरीलाई उद्धार गरेका थिए । उनी डर त्रासका कारण आफ्नो नाम बताउन सक्ने अवस्था नभपछि तत्कालै कपडाको व्यवस्था गरेर उपचारका लागि इनरुवा अस्पतालमा पुर्‍याइएको थियो ।

किशोरी उद्धारसँगै फिल्मी शैलीमा किशोरी खेदाउँदै आउने तीन युवामध्ये दुई जनालाई पक्राउ गर्न सफल भएका थिए । अर्का एक युवालाई भोलिपल्ट पक्राउ गरिएको हो । पक्राउ पर्नासाथ युवाहरूले किशोरीलाई सामूहिक बलात्कार गरेको बयानमा स्वीकार गरेको प्रहरीले जनाएको छ ।


प्रहरी देखेर तत्कालै भागेका शकास्पद युवाहरूलाई खोजेर पक्राउ गरेपछि जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा म्याद थपको अनुमति लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । किशोरीको थप उपचार कोसी अञ्चल अस्पतालमा भइरहेको र स्वास्थ्यमा सुधार हुँदै आएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ११, २०७५ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?