कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धार्मिक पर्यटकीय महोत्सव

तेह्रथुम — पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लालीगुराँस नगरापालिका ४ पटेकडाँडामा धार्मिक पर्यटकीय महोत्सव सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने महोत्सवको प्रदेश १ का पर्यटन मन्त्री जगदिश कुसियतले उद्घाटन गरे ।

धार्मिक पर्यटकीय महोत्सव

महोत्सवमा आन्तरिक तथा बाह्य गरी १ लाख धार्मिक पर्यटक भित्र्याउने आयोजक चित्रे पटेक डाँडा पर्यटन प्रवद्र्धन व्यवस्थापन समिति र चित्रे बजार व्यवस्थापन समितिले जनाएको छ । महोत्सवमा करिब २५ लाखको आर्थिक कारोबार हुने आयोजक संस्थाका अध्यक्ष होमराज रायमाझीले बताए ।


महोत्सव अवलोकनका लागि धरान विराटनगर, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, भारतको दार्जिलिङ, सिक्किम, विहार लगायतका स्थानदेखि दर्शक आएको आयोजकले जनाएको छ । महोत्सव स्थलमा हिमाली क्षेत्रका जडिबुटी, चौंरी तथा याकको छुर्पी, भेडाको घिउ, अल्लोको कपडा, स्थानीय कृषि तथा हस्तकलाका उत्पादन लगायतको प्रदर्शनी समेत राखिएको छ ।


महोत्सवमा आएकाले गत वर्ष स्थापना गरिएको सभापोखरी र पोखरीमाथि निर्माण गरिएको मन्दिर, पटेक डाँडाको रमणीय दृश्य, जंगली जनावर, २८ प्रजातिको गुराँस वन, काली पोखरी, तीनजुरे डाँडा, मार्गा पोखरी, यस क्षेत्रका किसानले लगाएको बमौसमी तरकारी खेती लगायतको दृश्यावलोकन गर्न पाउने छन् ।


जैविक विविधताले भरिएको यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा समेत विकास गर्न पहिलोपटक महोत्सवको आयोजना गरिएको आयोजक चित्रे बजार व्यवस्थापन समितिका अध्यक्ष नारद कटुवालले बताए ।

प्रकाशित : भाद्र १३, २०७५ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?