कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३ हजारभन्दा बढी सवारी कारबाहीमा

संखुवासभा — सदरमुकाम खाँदबारीमा रहेको अस्थायी ट्राफिक पोस्टले आर्थिक एक वर्षमा १९ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । ट्राफिक कारबाहीमा ३ हजार २ सय २ वटा सवारी परेका छन् ।

३ हजारभन्दा बढी सवारी कारबाहीमा

सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेका छन् ।


१ हजार ८ सय १६ वटा मोटरसाइकल कारबाहीबाट ११ लाख ५४ हजार राजस्व संकलन भएको छ । ०७४/७५ मा ट्रकबाट १ लाख ७२ हजार ५ सय, ५२ वटा बसबाट ३४ हजार, कार, जिप र भेन गरी ४ सय ४ बाट २ लाख ३५ हजार ५ सय र ट्याक्टर ५ सय ८२ वटाबाट ३ लाख ३४ हजार राजस्व संकलन भएको अस्थायी ट्राफिक प्रहरी पोस्टका सहायक निरीक्षक मानबहादुर खत्रीले बताए ।


कारबाहीमा परेका अधिकांश सवारी चालकले मादक पदार्थ सेवन गरेको, ओभरलोड भएको, सिटबेल्ट र हेल्मेट नलगाएको भेटिएको थियो । बिलबुक र सवारी चालक अनुमति पत्र नबोकी सवारी चलाउने पनि अत्याधिक रहेको खत्रीले जनाए ।

प्रकाशित : भाद्र १४, २०७५ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?