कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यौन दुर्व्यवहार घटना बढे

यौन दुर्व्यवहारमा अशक्त, बालबालिका बढी
मादक पदार्थ नियन्त्रण हुन सके यौनजन्य घटनामा कमी हुने

खोटाङ — यौन दुर्व्यवहारका घटना जिल्लामा बढेका छन् । यो आर्थिक वर्षमा ६ वटा यस्ता घटना भएका छन् । अशक्त, बालबालिका यौन दुर्व्यवहारमा परेको तथ्यांक छ ।

यौन दुर्व्यवहार घटना बढे

यस्ता घटनाका दोषी कानुनी कारबाहीको दायरामा आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए । साउनमा ४ र भदौमा दुई यौनसम्बन्धी अपराधका घटना भएका छन् ।

नयाँ कानुन लागू भइसकेपछि दुई यौन अपराधका उजुरी परेको प्रहरीले जनाएको छ । यसमध्ये एक जना बालिका पीडित र एक बालक पीडक बनेको उजुरी परेको छ । यो घटनाको पीडित र पीडक पनि बालक नै भएकाले त्यसैअनुसार अनुसन्धान र दोषी ठहरिए कारबाही हुने केसीको भनाइ छ ।

दर्ता भएकामध्ये एक महिलालाई बलात्कार गरेर फरार रहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० का १९ वर्षीय निसान राई अर्को बलात्कारका घटनामा पक्राउ परेका छन् ।

उनी मोरङमा पक्राउ परेका हुन् । उनले स्थानीय एक नाबालिकालाई फकाएर लिएर हिँडेका थिए । उनलाई मोरङ प्रहरीले जबरजस्ती करण मुद्दा चलाएको छ । त्यहाँ अनुसन्धान सकेर फेरि खोटाङमा भएको बलात्कारको घटनाको अनुसन्धान गरिने केसीले बताए ।

यस्तै बुहारी बलात्कार गर्न खोजेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का ३७ वर्षीय एक पुरुष भदौ ८ मा पक्राउ परेका छन् । उनले भदौ ७ मा बुहारी एक्लै भएको मौका छोपी बलात्कार गर्न खोजेको र बुहारीको प्रतिकारपछि भागेको प्रहरीले जनाएको छ । पीडितको उजुरीका आधारमा उनलाई पक्राउ गरी म्याद थपेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

‘विद्यार्थी, अभिभावक र अन्य निकायसँग जनचेतना जगाउँन सकियो भने यस्ता अपराध कम हुन्छ ।’ डीएसपी केसीले भने, ‘मादकपदार्थ सेवनलाई नियन्त्रण गर्न सकियो भने पनि यौनजन्य घटना कम गर्न सकिन्छ ।’

प्रकाशित : भाद्र १६, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?